ए डिभिजन लिग: त्रिभुवन आर्मी विजयी

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर १०, २०७५
|
|
३७ पटक हेरिएको
Shares
ए डिभिजन लिग: त्रिभुवन आर्मी विजयी

सारांश

  • काठमाडौं, १० मंसिर।
  •   शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आजको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले संकटा क्लबलाई चार–एकले हराउँदै लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
  • यसका साथै संकटाको अपराजित यात्रामा पनि आर्मीले ब्रेक लगाएको छ ।

काठमाडौं, १० मंसिर।  शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आजको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले संकटा क्लबलाई चार–एकले हराउँदै लिगको शीर्ष स्थानमा उक्लिएको छ । यसका साथै संकटाको अपराजित यात्रामा पनि आर्मीले ब्रेक लगाएको छ । सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा आर्मीको जितमा टेकबहादुर बुढाथोकीले दुई गोल गरे । सुरुवाति तीन खेलमा निकै प्रभावशाली प्रदर्शन गरेको संकटा आर्मीविरुद्ध भने निकै फितलो रह्यो । त्यसो त संकटाले एक गोलको अग्रता जोगाउन सकेन । खेलको नौ मिनेटमा संकटाले विदेशी खेलाडी इलोन म्याक्सवेलको गोलमार्फत अग्रता बनाएको थियो ।

तर १७ औँ मिनेटमा आर्मीले खेल बराबरी गर्यो । उसका टेकबहादुर बुढाथोकीले गोल गर्न सफल भए । आक्रामक फुटबल खेलेका दुवै टिमले त्यसपछि पनि केही मुभ बनाएका थिए । जसमा आर्मीले ३० औँ मिनेटमा अर्को गोल थप्यो । यसपटक आर्मीका लागि भरत खवासले गोल गरे । मुख्य स्ट्राइकर नवयुग श्रेष्ठ र प्रिन्सजर्ज कार्कीबिना नै मैदानमा उत्रिएको आर्मी दोस्रो हाफमा झन आक्रामक फुटबल खेल्यो । संकटाले पनि दोस्रो हाफको सुरुवातमा नै पेनाल्टीको अवसर पाएको थियो । तर त्यो पेनाल्टीलाई अमित तामाङले सदुपयोग गर्न सकेनन् । त्यसको विपरीत आर्मीले दोस्रो हाफमा थप दुई गोल गर्‍यो ।

खेलको ६३ औँ मिनेटमा सन्तोष तामाङले फ्रिकिकमार्फत उत्कृष्ट गोल गर्दै आर्मीलाई तीन –एकको अवस्थामा पुर्‍याए । त्यसपछि ६६ औँ मिनेटमा आर्मीले चौथो गोल थप्यो । यसपटक फेरि टेकबहादुर बुढाथोकीले गोल गरे । त्यसपछि ७७ औँ मिनेटमा दिनेश हेम्जनले संकटाको डिफेन्सको गल्तीको फाइदा उठाउँदै टिमका लागि पाँचौ गोल गरे । जितसँगै आर्मीले चार खेलबाट १० अंक बनाउदै शीर्ष स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?