यौन दुव्र्यवहार मुद्धाले काँग्रेस आइका अध्यक्ष राहुल गान्धीलाई अप्ठेरो

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ २०, २०७५
|
|
३७ पटक हेरिएको
Shares

सारांश

  • भारतीय कांग्रेसकी सामाजिक सञ्जाल एकाइकी प्रमुख एक २८ वर्षीया महिलाले पार्टीका अर्का सहकर्मीमाथि यौन दुव्र्यवहार गरेको आरोप लगाएकी छिन् ।
  • कांग्रेस आईकी सामाजिक सञ्जाल प्रमुख दिव्या स्पन्दनाले यौन दुव्र्यवहार गरेको आरोपमा आफ्ना सहकर्मीमाथि मुद्दा दायर गरेकी हुन् ।
  • उनले आफ्ना सहकर्मी चिरङ्ग पटानिकले आफूमाथि यौन दुव्र्यवहार गरेको भन्दै उजुरी दिएकी छिन् ।

भारतीय कांग्रेसकी सामाजिक सञ्जाल एकाइकी प्रमुख एक २८ वर्षीया महिलाले पार्टीका अर्का सहकर्मीमाथि यौन दुव्र्यवहार गरेको आरोप लगाएकी छिन् ।

कांग्रेस आईकी सामाजिक सञ्जाल प्रमुख दिव्या स्पन्दनाले यौन दुव्र्यवहार गरेको आरोपमा आफ्ना सहकर्मीमाथि मुद्दा दायर गरेकी हुन् ।

उनले आफ्ना सहकर्मी चिरङ्ग पटानिकले आफूमाथि यौन दुव्र्यवहार गरेको भन्दै उजुरी दिएकी छिन् । पछिल्लो समय महिला सशक्तिकरणको लागि आवज उठाउँदै आएको पार्टीका लागि ठुलो धक्का पुगेको बताइएको हो ।

पीडितले गत जुन ११ मा अल्पसंख्यक समुदायको तर्फबाट प्रतिनिधित्व गर्दै दिल्ली प्रहरीमा उजुरी दिएकी हुन् ।

पीडितका अनुसार आफू कम्प्युटरमा व्यस्त रहेको समयमा पछाडिबाट पटानिकले आफ्नो सामाजिक सञ्जाल ट्वीटरको परीक्षण गर्ने गरेका थिए । काम गर्दै गर्दा सहकर्मीले आफ्नो निकै नजिक आएर असामान्य तवरले दुव्र्यवहार गर्ने गरेको उल्लेख गरेकी छिन् ।

यद्यपि पटानिकले भने यो आरोप अस्वीकार गर्दै अफिसमा आफूहरु कम्तीमा एक दशमलव २ मिटरको दूरीमा टाढा रहने गरेको बताएका छन् ।

पीडितले भने कार्यालयमा उनी शक्तिमा आएदेखि नै यस दुव्र्यवहारहरुको सामना गर्दै आएको बताएकी छिन् । उनले आफ्नो राजगारी खाइदिने धम्कीमा आफू दुव्र्यवहारको सामना गर्नुपरेको बताएकी छिन् ।

गत मार्च महिनामा उनलाई सामाजिक सञ्जाल प्रमुखको रुपमा ल्याइएको थियो । उनले आधिकारिक ट्वीटर एकाउन्ट तथा कम्युनिकेसनको जिम्मेवारी लिँदै आएकी थिइन् ।

पीडितले यस विषयमा पार्टीको कमिटिमा पनि यस किसिमको गुनासो गरिएको भए पनि कुनै सुनुवाई भने नभएको दुखेसो पोखेकी छिन् । यो मुद्धाले काँग्रेस आइका अध्यक्ष राहुल गान्धीलाई अप्ठेरोमा पारेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ