ओलीकै सहमतिमा भारतले नेपालको भूमि भारतले नक्सामा राखेको देउबाको आरोप

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर ७, २०७६
|
|
४७ पटक हेरिएको
Shares
ओलीकै सहमतिमा भारतले नेपालको भूमि भारतले नक्सामा राखेको देउबाको आरोप

सारांश

  • प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको सहमतिमै लिपुलेक र कालापानी भारतले आफ्नो नक्सामा राखेको गम्भिर आरोप लगाएका छन् ।
  • शनिबार पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै देउवाले यस्तो आरोप लगाएका हुन् ।
  • उनले प्रधानमन्त्री ओलीको सहमतिबेगर भारतले लिपुलेक र कालापानीमा दाबी गर्न नसक्ने जिकिर गरे ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको सहमतिमै लिपुलेक र कालापानी भारतले आफ्नो नक्सामा राखेको गम्भिर आरोप लगाएका छन् ।

शनिबार पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै देउवाले यस्तो आरोप लगाएका हुन् । उनले प्रधानमन्त्री ओलीको सहमतिबेगर भारतले लिपुलेक र कालापानीमा दाबी गर्न नसक्ने जिकिर गरे । उनले भने,‘म प्रधानमन्त्री हुँदा महाकाली सन्धि भएको हो । महाकाली नदीलाई सीमा मानेर पानी आधा-आधा गर्ने सहमति भएको हो ।’

उनले प्रधानमन्त्री ओली भारतसँग लम्पसार परेको पनि आरोप लगाए । उनले भने,‘प्रधानमन्त्री ओलीजी लिपुलेक र कालापानी भारतलाई बुझाएर सबैभन्दा ठूलो राष्ट्रघात गर्दै लम्पसारवादमा परिणत हुनुभयो । हामीले प्रधानमन्त्री स्वयंलाई भेटेर भारतले मिचेका भू–भाग फिर्ता ल्याउन पहल गरौं, हामी साथ दिन्छौं भन्यौं । सडकबाट आन्दोलन गरेर सरकारका बन्द आँखा र कान खोल्न खोज्यौं । तर, सरकार मौन छ । कानमा तेल हालेर अझै बसिरहेको छ ।’

उक्त चुनावी सभामा कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइरालालगायतका शीर्ष नेताहरुले पनि सम्बोधन गरेका थिए । उनीहरुले वर्तमान सरकार असफल भएको र जनताको अधिकार कुण्ठित गर्दै अघि बढेको आरोप लगाए । उनीहरुले कांग्रेसका उम्मेद्धवारलाई भारी मतले विजयी गराउन पनि अपिल गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अपहरणको नाटक गरी परिवारसँग फिरौती माग्ने पक्राउ
अपहरणको नाटक गरी परिवारसँग फिरौती माग्ने पक्राउ
एक वर्षमा ३०० भन्दा बढी महिलाहिंसाका घटना दर्ता !
एक वर्षमा ३०० भन्दा बढी महिलाहिंसाका घटना दर्ता !
झुलाघाटमा मोटरेबल पुल निर्माणका लागि भारतीय टोलीद्वारा निरीक्षण
झुलाघाटमा मोटरेबल पुल निर्माणका लागि भारतीय टोलीद्वारा निरीक्षण
यसरी भयो जहाज दुर्घटना- २२ घाइते अस्पतालमा, ४९ जनाले ज्यान गुमाए
कलेजो प्रत्यारोपण अब नेपाल मै सम्भब : १५ लाख भए पुग्ने
कलेजो प्रत्यारोपण अब नेपाल मै सम्भब : १५ लाख भए पुग्ने
ह्याकरको अनधिकृत प्रवेश भएपछि हवाई टिकटमा सचेत गराउन थालियो
ह्याकरको अनधिकृत प्रवेश भएपछि हवाई टिकटमा सचेत गराउन थालियो
Females For Marital relationship – Why Are They Become Popular Right now?
मुलुक परिवर्तनमा योगदान पु-याएका नेताप्रति सधैँ उच्च सम्मान र कदर गर्दर्छौं : सभापति लामिछाने
मुलुक परिवर्तनमा योगदान पु-याएका नेताप्रति सधैँ उच्च सम्मान र कदर गर्दर्छौं : सभापति लामिछाने
काठमाडौंमा आइतबारदेखि सर्वसाधारणलाई कोभिड १९ को खोप दिँदै, कुन क्षेत्रका नागरिक कहाँ जाने (सुचनासहित)
काठमाडौंमा आइतबारदेखि सर्वसाधारणलाई कोभिड १९ को खोप दिँदै, कुन क्षेत्रका नागरिक कहाँ जाने (सुचनासहित)
समय खड्काको ‘दिउँला माया’ सार्वजनिक (भिडियोसहित)
समय खड्काको ‘दिउँला माया’ सार्वजनिक (भिडियोसहित)