एक वर्षमा ३०० भन्दा बढी महिलाहिंसाका घटना दर्ता !

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र ४, २०७५
|
|
३८ पटक हेरिएको
Shares
एक वर्षमा ३०० भन्दा बढी महिलाहिंसाका घटना दर्ता !

सारांश

  • धादिङ, ४ भदौ ।
  • महिलामाथि हुने हिंसाका घटना बढिरहेको तथ्यांक आज सार्वजनिक गरिएको छ ।
  • सहयात्री समाज नामक गैरसरकारी संस्थाले जिल्लामा महिलामाथि भएका घटनाको विस्तृत अध्ययन गरी तयार गरेको प्रतिवेदन ‘जिजिविषा’ प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमकट्टेलले सार्वजनिक गरे ।

धादिङ, ४ भदौ । महिलामाथि हुने हिंसाका घटना बढिरहेको तथ्यांक आज सार्वजनिक गरिएको छ ।
सहयात्री समाज नामक गैरसरकारी संस्थाले जिल्लामा महिलामाथि भएका घटनाको विस्तृत अध्ययन गरी तयार गरेको प्रतिवेदन ‘जिजिविषा’ प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमकट्टेलले सार्वजनिक गरे । हरेक वर्ष जिल्ला प्रहरी कार्यालयमा दर्ता हुने महिलामाथिका हिंसाका घटना बढ्दै गएको प्रतिवेदनमा उल्लेख छ । घटना भइहे पनि सार्वजनिक नभएर बाहिर आउन सकेका थिएनन् । हालका वर्षमा नागरिक सचेत भएपछि घटनाको संख्या बढेको देखिएकाले नागरिकको सचेतनाको स्तर बढेको कार्यक्रममा सहभागीले बताए ।

जिल्ला प्रहरी कार्यालयमा आव २०७० । ०७१ मा १७८, ०७१।०७२ मा २५४, ०७२।०७३ मा ३०६, ०७३।०७४ मा २७८ र ०७४।०७५ मा ३२७ वटा महिलामाथि हुने अपराधका घटना दर्ता भएको छ । जिल्लामा यौनजन्य हिंसामा नौ, स्रोतसाधनबाट वञ्चित ४८, शारीरिक हिंसा २३ र भावनात्मक दुव्र्यवहार २० प्रतिशत भएको भएको प्रतिवेदनमा उल्लेख छ । महिलामाथि हुने हिंसा श्रीमान्बाट ७५ र परिवारका सदस्यबाट ६ तथा महिलाले अन्यबाट हिंसा भोगेको १९ प्रतिशत छ । हिंसा पीडित महिलामध्ये ८० प्रतिशत काम गर्ने उमेर समूह १७ देखि ४० वर्ष उमेरका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?