प्रत्यक्षमा कांग्रेसले नराम्रोसँग पराजय भोगेपनि समानुपातिकले उक्सियो

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष ३, २०७४
|
|
२६ पटक हेरिएको
Shares
प्रत्यक्षमा कांग्रेसले नराम्रोसँग पराजय भोगेपनि समानुपातिकले उक्सियो

सारांश

  • काठमाडौं ।
  • प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनअन्तर्गत प्रत्यक्षमा कांग्रेसले नराम्रोसँग पराजय भोगेको भएपनि  समानुपातिकमा भने सकारात्मक रेहेको छ।
  • एमालेले प्रत्यक्षमा प्रतिनिधिसभातर्फ ८० र प्रदेशसभातर्फ १ सय ६८ स्थान जितेको छ।

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनअन्तर्गत प्रत्यक्षमा कांग्रेसले नराम्रोसँग पराजय भोगेको भएपनि  समानुपातिकमा भने सकारात्मक रेहेको छ।

एमालेले प्रत्यक्षमा प्रतिनिधिसभातर्फ ८० र प्रदेशसभातर्फ १ सय ६८ स्थान जितेको छ। समानुपातिकमा ३१ लाख ७३ हजार ४ सय ९५ मत पाएका छन्।   कांग्रेसले प्रत्यक्षतर्फ प्रतिनिधिसभामा २३ र प्रदेशसभामा ४१ सिट जितेको हो। समानुपातिकमा ३१ लाख तीन हजार ७ सय २१ मत ल्याएका हुन्।

एमालेले प्रत्यक्षतर्फ कांग्रेसभन्दा प्रतिनिधिसभामा ५७, प्रदेशसभामा १२७ र समानुपातिकमा एक सिट बढी पाउने भएको छ। पपुलर मतमा कांग्रेस-एमाले हाराहारीकै अवस्थामा रहेको समानुपातिक परिणामले देखाएको छ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीको पदप्राप्ति र त्यसलाई जोगाउने कार्यले पार्टी जोगिन नसकेको बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?