ओलीले प्रदेश २ का तीन चुनावी सभालाई आज संवोधन गर्ने ,

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र ३०, २०७४
|
|
२८ पटक हेरिएको
Shares
ओलीले प्रदेश २ का तीन चुनावी सभालाई आज संवोधन गर्ने ,

सारांश

  • एमाले अध्यक्ष केपी शर्मा ओली प्रदेश २ मा आफ्नो पार्टीलाई पहिलो बनाउने उदेश्यका साथ बिभिन्न स्थानमा आयोजित अन्तिम चुनावी सभालाई संवोधन गर्न अहिले ११ बजे त्यता जाँदै हुनुहुन्छ ।
  • आज मध्यराती देखि मौन अवधि शुरु हुने भएपछि दलका शीर्ष नेताहरुले प्रदेशका बिभिन्न चुनावी सभालाई संवोधन गर्न लाग्नुभएको हो ।
  • एमाले अध्यक्ष ओलीले दिउँसो १ बजे बाराको सिमरामा आयोजित चुनावीसभालाई संवोधन गर्नुहुनेछ भने २ बजे रौतहटको चन्द्रनिगाहपुरको संभालाई संवोधन गर्नुहुनेछ ।

एमाले अध्यक्ष केपी शर्मा ओली प्रदेश २ मा आफ्नो पार्टीलाई पहिलो बनाउने उदेश्यका साथ बिभिन्न स्थानमा आयोजित अन्तिम चुनावी सभालाई संवोधन गर्न अहिले ११ बजे त्यता जाँदै हुनुहुन्छ ।

आज मध्यराती देखि मौन अवधि शुरु हुने भएपछि दलका शीर्ष नेताहरुले प्रदेशका बिभिन्न चुनावी सभालाई संवोधन गर्न लाग्नुभएको हो । एमाले अध्यक्ष ओलीले दिउँसो १ बजे बाराको सिमरामा आयोजित चुनावीसभालाई संवोधन गर्नुहुनेछ भने २ बजे रौतहटको चन्द्रनिगाहपुरको संभालाई संवोधन गर्नुहुनेछ ।
त्यसैगरि, उहाँले महोत्तरीको बर्दीबासमा आयोजित अर्को सभालाई ३ बजे संवोधन गर्ने कार्यक्रम रहेको छ ।

एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले भने सिरहामा आयोजित सभालाई संवोधन गर्नुहुनेछ । एमालेलाई मधेशबिरोधी भन्दै सत्तारुढ र मधेशी दलहरु चुनावी अभियानमा लागेका भएपनि आम मधेशी जनता भने एमालेको पक्षमा देखिदै आएका छन् । तीन वटालाई सभालाई संवोधन गरी अध्यक्ष ओली आजै काठमाडौं फर्कनुहुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?