सिन्धुलीमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १८ घाइते

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन ४, २०७४
|
|
२४ पटक हेरिएको
Shares
सिन्धुलीमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १८ घाइते

सारांश

  • काठमाडौं, ४ फागुन ।
  • सिन्धुलीको बीपी राजमार्ग अन्तरगत कमलामाई नगरपालिका वडा नं.
  • २ भद्रकालीस्थित सेल्फीडाँडामा शुक्रबार साँझ जीप दुर्घटना भएको छ ।

काठमाडौं, ४ फागुन । सिन्धुलीको बीपी राजमार्ग अन्तरगत कमलामाई नगरपालिका वडा नं. २ भद्रकालीस्थित सेल्फीडाँडामा शुक्रबार साँझ जीप दुर्घटना भएको छ । उक्त दुर्घटनामा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ । १८ जना घाइते भएका छन् ।

सदरमुकाम सिन्धुलीमाढीबाट सिन्धुलीकै गोलन्जोर गाउँपालिका ५ नाकाजोलीतर्फ जाँदै गरेको बा ११ च २२७१ नम्बरको जीप दुर्घटनाग्रस्त हुँदा सिन्धुलीकै गोलनजोर गाउँपालिका ५ विजयछापका लक्ष्मीप्रसाद देवकोटा, सोही वडाको चिसापानीका युवराज लुङ्गेली, प्रकाश थापा र रोशन कार्कीको मृत्यु भएको हो । देवकोटा पूर्वगाविस सचिव हुन् । उनी एक महिना अघिमात्र जागिरबाट सेवानिवृत्त भएका थिए ।

चारै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले बताए । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । ‘गम्भीर घाइते भएकाहरुको सिन्धुली अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौं रिफर गरिएको छ भने अन्य २ जनालाई पनि थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको छ, । अन्य ११ जनाको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ ।

जीपको गति तीब्र रहेको र क्षमताभन्दा बढी यात्रु राखेको उक्त जीप सडकको मोडबाट करिब ७ सय मिटर तल खसेको बताइएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयले घाइतेको उद्धार गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?