यी हुन् चुनावी मैदानका १८ दम्पती

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक २३, २०७४
|
|
२३ पटक हेरिएको
Shares
यी हुन् चुनावी मैदानका १८ दम्पती

सारांश

  • काठमाडौं- प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेल्धुराबाट छैटौंपटक चुनावी प्रतिस्पर्धामा छन् ।
  • उनकी पत्नी आरजु राणा देउवा पहिलोपटक कैलाली–५ बाट चुनाव लडेकी छन् ।
  • प्रमुख तीन दल र चर्चित नेतामध्ये प्रतिनिधिसभामा प्रत्यक्षतर्फ प्रतिस्पर्धा गर्ने देउवा दम्पती मात्रै हुन् ।

काठमाडौं- प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेल्धुराबाट छैटौंपटक चुनावी प्रतिस्पर्धामा छन् । उनकी पत्नी आरजु राणा देउवा पहिलोपटक कैलाली–५ बाट चुनाव लडेकी छन् ।
प्रमुख तीन दल र चर्चित नेतामध्ये प्रतिनिधिसभामा प्रत्यक्षतर्फ प्रतिस्पर्धा गर्ने देउवा दम्पती मात्रै हुन् । अन्य दम्पतीमध्ये पति प्रत्यक्षतर्फ र पत्नी समानुपातिकतर्फ उम्मेदवार बनेका छन् । यसरी प्रतिस्पर्धा गर्ने देउवा दम्पती एक जोडी मात्रै होइन, प्रमुख तीन दल र अन्य शीर्ष नेताका कम्तीमा १५ जोडी अहिलेको चुनावी प्रतिस्पर्धा छन् । कांग्रेस नेता बालकृष्ण खाँणका दम्पती भने समानुपातिक सूचीमा रहेका छन् । कांग्रेसकी महिला नेतृ मञ्जु खाँण खासआर्य महिलाको सूचीमा रहेकी छिन् ।
सभामुख ओनसरी घर्ती मगर माओवादीको समानुपातिक सूचीको तेस्रो नम्बरमा रहेकी छिन् भने उनको पति नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन गृह जिल्ला रोल्पाबाट प्रत्यक्षमा चुनाव लड्दै छन् । माओवादी जनयुद्धमा सुरुदेखि सक्रिय रहेका थोरै महिलामध्ये पर्ने घर्तीले दोस्रो संविधानसभा चुनावमा भने रोल्पा–२ बाट  जितेकी थिइन् ।
एमाले उपाध्यक्ष बामदेव गौतम बर्दिया १बाट प्रतिस्पर्धामा गर्दै गर्दा उनकी पत्नी तुलसा थापा प्रतिनिधिसभाको समानुपातिक सूचीमा रहेकी छिन् । गौतम बर्दियाबाट छैटांै पटक उम्मेदवार बनेका छन् ।
एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेल दाङ–२ (क)बाट प्रदेशसभाका लागि प्रतिस्पर्धामा रहँदा उनकी पत्नी समानुपातिक सूचीमा परेकी छिन् । जनजाति महिलातर्फ शाक्य एमाले केन्द्रीय सदस्य हुन् । दुवै विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा आएका हुन् ।
पहिलो चरणमा निर्वाचन हुने लमजुङमा नेकपा माओवादी केन्द्रका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार रहेका देवप्रसाद गुरुङकी पत्नी यशोदा सुवेदी समानुपातिक सूचीमा छिन् । पहिलो संविधानसभामा गुरुङ कास्की र मनाङबाट प्रत्यक्ष चुनाव जितेका थिए भने सुवेदी समानुपातिकतर्फबाट सभासद् बनेकी थिइन् । दोस्रो संविधानसभाका समयमा मोहन वैद्य नेतृत्वको पार्टीमा रहेका दुवै नेताहरूले चुनाव बहिस्कार गरेका थिए ।
दोस्रो संविधानसभा चुनाव बहिस्कार गर्ने थप दुई जोडी पनि यसपटक चुनावी मैदान छन् । हितमान शाक्य र अमृता थापा मगर तथा कुलबहादुर केसी र तारा घर्ती चुनावी प्रतिस्पर्धा रहेका छन् ।
पहिलो संविधानसभा चुनावमा काठमाडौं–६ बाट शाक्यले चुनाव जित्दा उनकी पत्नी थापा समानुपातिकतर्फ सांसद बनेकी थिइन् । शाक्य अहिले काठमाडौं–१०बाट वामपन्थी गठबन्धनको उम्मेदवार रहेका छन् । त्यसैगरी तारा पहिलो संविधानसभामा समानुपातिक सांसद थिइन् । केसी रोल्पा(क)बाट प्रदेश नम्बर ५ को सभाका लागि रहेका छन् ।
माओवादीका नेता तथा पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेत जाजरकोटमा दोस्रो पटक चुनावी प्रतिस्पर्धामा रहँदा उनकी पछि सत्य पहाडी पनि समानुपातिक सूचीमा छिन् । पहिलो संविधानसभा पहाडी समानुपातिकतर्फ सभासद् बनेकी थिइन् । दोस्रो संविधानसभाको जाजरकोट–१बाट जित्दा पहाडी भने सांसद बाहिरै रहिन् । उनी दोस्रो संविधानसभामा डोल्पाबाट  पराजित भएकी थिइन् । खासआर्य महिलाको सूचीमा चौथो नम्बरमा रहेकी पहाडी र बाम गठबन्धनको राम्रो प्रभाव भएको स्थानबाट चुनाव लडेका बस्नेत दुवैको संसदमा पुग्ने संभावना बढी छ ।
यस्तो अवस्था छ एमालेका नेता शेरबहादुर तामाङ र उषाकला राईको । पहिलो संविधानसभा चुनावमा सिन्धुपाल्चोक–३ बाट माओवादीसँग तामाङ पराजित हुँदा उनकी पत्नी राई समानुपातिकबाट सभासद् बनिन् । दोस्रो संविधानसभा चुनावमा तामाङ सोही क्षेत्रबाट संविधानसभामा निर्वाचित भए तर समानुपातिकतर्फ सांसद नदोहो¥याउने एमाले नीतिका कारण राई बाहिरै रहिन् । अहिले दुवै नेता चुनावी प्रतिस्पर्धामा छन् । तर उनीहरूले प्रतिस्पर्धा गर्ने निर्वाचन प्रणाली फरकफरक रहेको छ । राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शम्शेर राणाबिरुद्ध वामपन्थी गठबन्धनका तर्फबाट तामाङ सिन्धुपाल्चोक–२ बाट प्रतिस्पर्धामा रहँदा पत्नी राई भने प्रदेशसभाका समानुपातिक सूचीमा परेकी छिन् । आदिवासी जनजाति महिलातर्फ राई दोस्रो नम्बरमा छिन् ।
एमालेका नेता कृष्णगोपाल श्रेष्ठ, बिरोध खतिवडा र रघुवीर महासेठको जोडी पनि चुनावी मैदानमा छ । एमाले कार्यालय सचिव रहेका श्रेष्ठ प्रतिनिधिसभा काठमाडौं–९ बाट प्रतिस्पर्धामा रहँदा उनकी पत्नी बिना श्रेष्ठ समानुपातिक सूचीमा रहेकी छिन् । बिना एमालेको केन्द्रीय सदस्य हुन् । तेस्रो पटक प्रतिनिधिसभाका लागि प्रतिस्पर्धामा रहेका एमाले केन्द्रीय सदस्य बिरोध खतिवडा मकवानपुर–२ बाट प्रतिस्पर्धा गर्दैछन् भने उनकी पत्नी मुनु सिग्देल प्रदेशसभाका समानुपातिक सूचीमा छिन् । सिग्देल एमाले मकवानपुर जिल्ला कमिटीका अध्यक्ष हुन् । महासेठ धनुषा–४ बाट प्रतिस्पर्धामा रहँदा उनको पत्नी जुली महतो मधेसी महिलातर्फ समानुपातिक सूचीमा पहिलो नम्बरमा छिन् । महासेठ र महतो दुवै एमालेका केन्द्रीय सदस्य हुन् ।
नेकपा मालेका महासचिव सिपी मैनाली र पत्नी निलम खड्का दुवै पार्टीको समानुपातिक सूचीमा रहेका छन् । त्यसैगरी राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङ र उनकी पत्नी सरस्वती तामाङ दुवै समानुपातिक सूचीमा रहेका छन् ।
त्यसैगरी संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राई सुनसरी–१ बाट प्रतिनिधिसभा उम्मेदवार छन् । उनकी पत्नी सुशीला श्रेष्ठ समानुपातिक सूचीमा रहेकी छिन् । राई लामो समय नेकपा एमालेका केन्द्रीय नेताका रूपमा सक्रिय रहेका थिए ।
राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झा रौतहट–१ बाट प्रतिनिधिसभामा उम्मेदवार रहेका छन् भने उनकी पत्नी डिम्पल झाप समानुपातिक सूचीमा रहेकी छिन् ।
‘श्रीमान् र श्रीमती एकैपटक चुनाव नलडाउने पार्टीको निर्णय हो । उहाँहरू अपवादमा पर्नुभयो । दुवैका नेताका मधेस आन्दोलनमा उल्लेख्य योगदान भएकाले पार्टीले टिकट दिएको हो,’ राजपाका प्रवक्ता सन्तोष मेहताले भने ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का सहमहामन्त्री सगुनसुन्दर लावती पाँचथरबाट प्रदेशसभाका चुनाव लड्दा उनकी पत्नी बबिना मोक्तान लावती सोही दलको समानुपातिक सूचीमा छिन् । पहिलो र दोस्रो संविधानसभामा राप्रपा नेपालबाट समानुपातिकतर्फको सांसद भएकी मोक्तान पार्टी विभाजनपछि राप्रपा(प्रजातान्त्रिक)मा सक्रिय रहेकी छिन् ।

नगरिक दैनिक मा मनी दाहाल ले लेखेका छन्

(www.speedclean.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुन्दरीको खेती : प्रतियोगीकै गोजीबाट आयोजकलाई आम्दानी, प्रायोजक नै निर्णायक
सुन्दरीको खेती : प्रतियोगीकै गोजीबाट आयोजकलाई आम्दानी, प्रायोजक नै निर्णायक
दुर्घटनामा परी उदयपुरका नेकपाका नेताको मृत्यु
दुर्घटनामा परी उदयपुरका नेकपाका नेताको मृत्यु
जथाभावी फोहर फाल्नेहरुबाट ५ लाख रकम असुल !
जथाभावी फोहर फाल्नेहरुबाट ५ लाख रकम असुल !
विश्वकप २०१८ को खेल तालिका नेपाली मिति अनुसार (फोटो सहित)
विश्वकप २०१८ को खेल तालिका नेपाली मिति अनुसार (फोटो सहित)
प्रकाश दाहाल अन्त्येष्टिको पशुपतिमा तयारी
प्रकाश दाहाल अन्त्येष्टिको पशुपतिमा तयारी
पाँच नं प्रदेशबाट पहाडी जिल्ला टुक्य्राइको बिरोधमा  रोल्पा सदरमुकाम तनावग्रस्त…
पाँच नं प्रदेशबाट पहाडी जिल्ला टुक्य्राइको बिरोधमा रोल्पा सदरमुकाम तनावग्रस्त…
प्रहरीको नियन्त्रणबाटै शिक्षक नदीमा हाम्फालेपछि…
प्रहरीको नियन्त्रणबाटै शिक्षक नदीमा हाम्फालेपछि…
सांसद कँडेल भारतको क्याम्पसको अध्यक्ष
सांसद कँडेल भारतको क्याम्पसको अध्यक्ष
Ставки На Спорт Онлайн Букмекерские Ставки в Футбол На следующий Прогнозы На Спорт Сделать Live Ставку На Спорт на Сайте Бк
अवरुद्ध संसद्को समयको कुनै पनि सेवा सुविधा नलिने रास्वपाको घोषणा
अवरुद्ध संसद्को समयको कुनै पनि सेवा सुविधा नलिने रास्वपाको घोषणा

तपाईंले छुटाउनुभयो कि?