ओलीले भने– नचाहिने खालका कुण्ठाहरू बोकेर गुटबन्दी गर्दै हिँड्नेलाई छाडिन्न

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ २६, २०७४
|
|
१६ पटक हेरिएको
Shares
ओलीले भने– नचाहिने खालका कुण्ठाहरू बोकेर गुटबन्दी गर्दै हिँड्नेलाई छाडिन्न

सारांश

  • काठमाडौं ।
  • चुनावी विजयी सभालाई सम्बोधन गर्दै हिँडेका एमाले अध्यक्ष केपी ओलीले आइतबार गृहजिल्ला झापा पुगेर ‘पार्टीभित्र अन्तर्घात’ भएको विश्लेषण सुनाए ।
  • विशेष गरी झापाका गौरादह, बुद्धशान्ति र मेचीनगर तीनवटा स्थानीय तहमा एमालेको हार ओलीका लागि अप्रत्याशित थियो ।

काठमाडौं । चुनावी विजयी सभालाई सम्बोधन गर्दै हिँडेका एमाले अध्यक्ष केपी ओलीले आइतबार गृहजिल्ला झापा पुगेर ‘पार्टीभित्र अन्तर्घात’ भएको विश्लेषण सुनाए ।

विशेष गरी झापाका गौरादह, बुद्धशान्ति र मेचीनगर तीनवटा स्थानीय तहमा एमालेको हार ओलीका लागि अप्रत्याशित थियो । त्यसैले उनले नवनिर्वाचितलाई बधाई दिन आयोजित कार्यक्रममा धेरै समय पार्टीभित्रको अन्तर्घातबारे बोले ।

‘गौरादहजस्तो ठाउँमा एमालेले मेयर हार्ने कुरा सोच्न सकिन्छ ? तर हारियो, किन हारियो भन्दा हाम्रैले हराए,’ निर्वाचित नेता र अधिकांश अगुवा कार्यकर्तामाझ ओलीले प्रश्न गरे, ‘बुधबारे भनेको उहिलेदेखि नै हाम्रो किल्ला हो ।’

२०४९ र २०५४ मा हामीले शतप्रतिशत जितेको होइन रु त्यस्तो ठाउँमा जिल्ला अध्यक्षजस्तो प्रतिष्ठित नेता एउटा गाउँपालिकामा हार्नुभो, त्यहाँ हार्ने ठाउँ हो रु नचाहिने खालका कुण्ठाहरू बोकेर गुटबन्दी गर्दै हिँड्नेलाई छाडिन्न । पार्टी उम्मेदवार हराउनेहरू एमाले होइनन्, तिनीहरूको यो पार्टीमा स्थान छैन ।’

ओलीले झापामा गरेको विश्लेषण एमालेले अपेक्षा गरेअनुसारका सिटमा विजय हासिल गर्न नसकेको छटपटी देखाउँछ ।

दुई चरणकै चुनावबाट एमाले पहिलो पार्टीका रूपमा स्थापित भएको छ । तर पार्टी नेताहरूमा पहिलो हुनुको खुसी सँगसँगै आफ्नो पकड रहेका स्थानमा हार्नुको पीडा उत्तिकै झल्किन्छ ।
(कान्तिपुर दैनिक)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अष्ट्रेलियन र क्यानेडियन डलरको भाउ बढ्यो, अन्यको विनिमय दर कति ?
अष्ट्रेलियन र क्यानेडियन डलरको भाउ बढ्यो, अन्यको विनिमय दर कति ?
कुलमानकाे पक्ष लिने विद्युत् प्राधिकरणका दुई सञ्चालक पदमुक्त
कुलमानकाे पक्ष लिने विद्युत् प्राधिकरणका दुई सञ्चालक पदमुक्त
जिपले मोटरसाइकललाई ठक्कर दिंदा २ जनाको मृत्यु
मातृभाषा, लिपि र सांस्कृतिक धरोहर जीवन्त राख्न युवा पुस्ता जिम्मेवार: मुख्यमन्त्री पाैडेल
मातृभाषा, लिपि र सांस्कृतिक धरोहर जीवन्त राख्न युवा पुस्ता जिम्मेवार: मुख्यमन्त्री पाैडेल
विष्णुमति र बालकुमारी करिडोर कालोपत्र नहुँदा समस्या
विष्णुमति र बालकुमारी करिडोर कालोपत्र नहुँदा समस्या
काठमाडौं–तराई/मधेस द्रूतमार्गको अवलोकनपछि रक्षामन्त्रीले दिए सेनालाई यस्तो निर्देशन
काठमाडौं–तराई/मधेस द्रूतमार्गको अवलोकनपछि रक्षामन्त्रीले दिए सेनालाई यस्तो निर्देशन
सरकारद्वारा  २१ दिनको अवधि दिएर आयोग गठन
सरकारद्वारा २१ दिनको अवधि दिएर आयोग गठन
पढाई खर्च दिने नाममा राजधानीमै यसरी लुटिए अभिभावक
पढाई खर्च दिने नाममा राजधानीमै यसरी लुटिए अभिभावक
ललितपुरस्थित यूएन हाउस र मन्त्री निवास आसपास निषेधित क्षेत्र घोषणा
ललितपुरस्थित यूएन हाउस र मन्त्री निवास आसपास निषेधित क्षेत्र घोषणा
६० श्रीमतीका एक्ला राजा श्रीमान
६० श्रीमतीका एक्ला राजा श्रीमान

तपाईंले छुटाउनुभयो कि?