कृषि विकास : इजरायलबाट केहि सिक्ने हो कि ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष २०, २०७४
|
|
३७ पटक हेरिएको
Shares
कृषि विकास : इजरायलबाट केहि सिक्ने हो कि ?

सारांश

  • गणेश शाक्य नेपालमा कृषि विकासको कुरा गनुपर्दा विगत केहि वर्ष यता कुल गार्हस्थ उत्पादनमा कृषिको योगदान क्रमशः घट्दो क्रममा रहेको तथ्य सर्वविदितै छ ।
  • तर पनि अन्तर्राष्ट्रिय श्रम संगठनले सार्वजनिक गरेको तथ्याङ्कअनुसार कुल जनसंथ्याको करिव ६८ प्रतिशत नेपालीहरु अझैपनि कृषि पेशामा आश्रित छन भने कुल गार्हस्थ उत्पादनमा कृषिको योगदान ३४ प्रतिशत रहेको छ ।
  • सायद यसै तथ्याङ्कको आधारमा नेपाललाई ‘कृषि प्रधान देश’ भनेको पो हो की ?

गणेश शाक्य

नेपालमा कृषि विकासको कुरा गनुपर्दा विगत केहि वर्ष यता कुल गार्हस्थ उत्पादनमा कृषिको योगदान क्रमशः घट्दो क्रममा रहेको तथ्य सर्वविदितै छ । तर पनि अन्तर्राष्ट्रिय श्रम संगठनले सार्वजनिक गरेको तथ्याङ्कअनुसार कुल जनसंथ्याको करिव ६८ प्रतिशत नेपालीहरु अझैपनि कृषि पेशामा आश्रित छन भने कुल गार्हस्थ उत्पादनमा कृषिको योगदान ३४ प्रतिशत रहेको छ । सायद यसै तथ्याङ्कको आधारमा नेपाललाई ‘कृषि प्रधान देश’ भनेको पो हो की ?

पाँचौं पञ्चवर्षीय योजनादेखि निरन्तररुपमा कृषि क्षेत्रले प्राथमिकता नपाएका पनि हैन । कृषि विकासको लागि विनियोजित बजेटको आकार पनि बढेकै हो । विभिन्न कृषि योजना, आयोजना, कार्यक्रम, नीति नियम तर्जुमा पनि भएकै हो । यति हुँदाहुँदै पनि कृषिमा क्षेत्रमा जुन प्रगति हुनुपर्ने हो त्यो भने सोचे अनुरुपको छैन । बरु, कृषिवस्तुमा परनिर्भरता बढैको बढ्यै छ । खाद्यवस्तुको मूल्य बढैको बढ्यै छ । किन यस्तो स्थिति आयो भन्नेबारे राज्यले समिक्षा गर्नु पर्ने हैन र ? अब एकैक्षण इजरायलले कृषिमा गरेको प्रगतिबारे बुझ्ने प्रयत्न गरौं ।

नेपाल भन्दा इजरायल ३ वर्षले मात्र अगाडि स्वतन्त्र भएको मुलुक हो । सन् १९४८ मा स्वतन्त्र भएपश्चात मात्र इजरायलमा कृषिक्रान्ति भएको हो तर आजसम्म आईपुग्दा इजरायलले कृषिमा गरेको प्रगति देखेर संसार चकित छन । त्यतिकै चमत्कार भएको हैन । इजरायलमा कृषिलाई शुरुदेखि नै उद्योगको रुपमा विकास गरेका थिए, त्यो पनि अति विकसित उद्योगको रुपमा । भूगोलकै कुरा गर्ने हो भनेपनि इजरायल मरुभूमी देश हो । देशको कुल भूभागमध्ये आधाभन्दा वढी भाग त मरुभूमी नै छ र जलस्रोतको कुरा गर्नुपर्दा पनि खेती गर्ने अनुकुल वातावरण नै छैन इजरायलमा ।

त्यहाँको हावापानी शुष्क तथा अर्धशुष्क प्रकारको छ । पानी निकै समस्या छ । तर पनि सफल भएको छ इजरायल कृषि क्षेत्रमा । आफूसँग उपलव्ध पानीको पुरा वैज्ञानिक ढंगले सदुपयोग गरेका छन पौरखी इजरायलीहरुले । वार्षिक पुनः प्रयोग गर्न सकिने ५६ लाख क्युविक फुट जलस्रोतमध्ये ७५ प्रतिशत पानी कृषिमा प्रयोग गरेको छ । भौगोलिक कठिनाईलाई चिर्दै कृषिमा वैज्ञानिकिकरण गर्न सफल भएको छ । कृषि प्रविधि विकासमा पनि इजरायल विश्वमै अब्बल दर्जामा रहेको छ । विश्वकै अति विकशित देशहरु पनि इजरायलको प्रविध प्रयोग गरिरहेका छन अहिले ।

हुनतः इजरायलमा पनि खेतीमा लाग्ने कृषकहरुको संख्या विगतका समयको दाँजोमा कमी हुँदै आइरहेको पाइन्छ । त्यहाँको श्रम बजारमा अहिले ३.७ प्रतिशत मात्र कृषकहरुको संलग्नता छ । नेपालमा जस्तै त्यहाँ पनि कृषियोग्य भूमी २० प्रतिशत मात्रै छ । पानीको अभाव त छँदैछ । तर पनि, आफूलाई आवश्यक ९५ प्रतिशत खाद्यान्न आफैँ उत्पादन गर्छ इजरायल । देशभरी अंगुर उत्पादन गरिएको छ । ताजा अंगुर, वाइन, सुन्तलाजात फलफूल, दुध तथा दुधजन्य पदार्थ निर्यातमा पनि अग्रणि छ इजरायल ।

सन् १९४८ ताका ४ लाख ८ हजार एकड भूमिमा सिमित खेती अहिले आएर ११ लाख एकड भन्दा बढि भूमिमा खेती विस्तार भईसकेको अवस्था छ । उत्पादन उ बेलाको तुलनामा १६ दोब्बरले वृद्धि भएको छ जुन जनसंख्या वुद्धिको दाँजोमा ३ गुणाले बढि छ । स्मरण रहोस, इजरायलमा कृषि विकासको आधार भनेको सामुदायिक खेती प्रणाली हो । त्यहाँ २ प्रकारका अद्वितिय कृषि समुदायहरु कृषि क्षेत्रमा कार्यरत छन । पहिलो किबुज (Kibbutz)  समुदाय र दोश्रो मोसभ (Moshav)  । किबुज समुदायमा उत्पादनको सबै माध्यमहरुको मालिक समुदाय नै हुन्छन ।

प्रत्येक व्यक्तिगत सदस्यले गरेको कामबाट पुरै समुदाय लाभान्वित हुन्छन् । मोसभ समुदायमा भने ग्रामिण खेतीको विकास गरिएको हुन्छ जहाँ प्रत्येक परिवार आफ्नो घरुधरीको आफैँ हेरचाह गर्छन र आ–आफ्नै खेतमा काम गर्छन तर खेतीको लागि आवश्यक सामाग्री खरिद र वजारीकरण गर्ने कार्यमा भने आपसी सहयोगौ गर्ने गर्छन । यसप्रकारको समुदाय संख्या हाल एकहजारको हाराहारीमा पुगिुकेका छन जुन शुरुवातीमा ४ सयको संख्यामा मात्र थिए ।

इजरायलमा कृषि क्षेत्रमा भएको चमत्कारिक प्रगतिमा सहकारी सिद्वान्तको ठूलो योगदान छ । उत्पादनदेखि बजारीकरणसम्मको हरेक मूल्य श्रृंखलामा सहकारीले खेलेको भूमिका प्रशंसनीय छ । वैज्ञानिक ढंगबाट सिंचाई व्यवस्थापन गर्न सक्नु अर्को महत्वपूर्ण पक्ष हो । खेतीको लागि प्रतिकुल पानीलाई प्रशोधन गरी अनुकुल बनाउनु, आकासे पानीलाई सञ्चय गरी खेतीको लागि उपयोग गर्नु कम चुनौतीपूर्ण कार्य हैन तर चुनौतीलाई अवसरमा बदलीकन देखाइदिएको छ इजरायलले । सबैभन्दा सिचाईंमा गरेको प्रगति भनेको थोपा सिचाईं पद्धतिको विकास हो । जलस्रोतको अभाव भएको क्षेत्रको लागि त वरदान नै सावित भएको छ यो पद्वति । यस पद्धतिको विकासले पानीको फारो त भएकै छ, साथै व्यवस्थित ढंगले सिचाईं हुने भएकोले उत्पादन र उत्पादन दर समेत वृद्धि हुन गएको छ ।

जे हुन्छ प्रविधि विकासले हुन्छ भन्ने कुरा छर्लङ्गै देखाइदिएको छ । समय अनुसार प्रविधि विकासमा पनि परिवर्तन भईरहेको हुन्छ । परिवर्तित समय अनुसार नयाँ–नयाँ प्रविधि विकास गर्न आवश्यक हुन्छ । यसको लागि अति महत्वपूर्ण विषय भनेको अनुसन्धान र विकास ( R & D)  मा लगानी हो । हो, इजरायलमा कृषिमा प्रगति हुनु भनेकै अनुसन्धान र विकासको लागि गरेको लगानीको फल हो । कृषि अनुसन्धान र विकासका लागि इजरायलले ठूलो लगानी गरिसकेको छ र अहिले पनि यसलाई निरन्तरता दिइरहेको छ ।

अहिले, इजरायली सरकारले कृषिमा अनुदान दिन छाडिसकेको छ । कुन ठाउँ, कुन वालीको लागि कस्ता उन्नत जात उपयोगी हुन्छ ? उत्पादन प्रविधि, वाली कटानी प्रविधि आदिका लागि अझैँ के गर्ने सकिन्छ भन्ने विषयमा अनुसन्धान गर्ने कार्यमा लागिपरेका छन् इजरायल । यति मात्र नभई सिमित पानीको स्रोतलाई अधिकतम प्रयोग गर्न कस्ता नौला प्रविधि विकास गर्न सकिएला भन्नेमा लागि परेका छन ।

एकातिर मरुभूमि जस्तो देशमा कृषि क्षेत्रमा चमत्कार भइरहेको छ भने अर्कोतिर नेपाल जहाँ कृषि विकासको लागि अवसरै अवसर भएतापनि झन–झन कृषि वस्तुमै परनिर्भरता बढ्दै गईरहेको अवस्था छ । प्रत्येक ३०/४० किलोमिटरको दुरीमा फरक फरक प्रकारका भू–वनौट, फरक–फरक हावापानी, फरक–फरक कृषि उत्पादन गर्न सकिने अवस्था विद्यमान रहेतापनि किन कृषिले आजसम्म काँचुली फेर्न नसकेको ? के सबै दोष अस्थिर सरकारकै कारण मात्र हो कि वा अन्य पनि कारणहरु छन ? प्रश्न अवश्य गम्भिर छ ।

जे होस, अब आरोप प्रत्यारापमै मात्र समय खेर नफालौं, बरु इजरायलबाट केहि पाठ सिकौं । मुख्य कुरा भनेको अनुसन्धान र विकासमै समय खर्चिनुप¥यो, अब । नेपालमा कृषि अनुसन्धान नभएकै हैन भन्न खोजेको हैन । वर्षमा २÷४ वटा नयाँ जातको वीउ सिफारिस गर्दैमा अनुसन्धान कार्य पुरा भएको मान्न सकिन्न । महिनौं मेहनत गरि बल्ल वाली लाग्ने बेलैमा विभिन्न रोगकिरा लागि वाली नै सखाप हुने अप्रिय घटनाहरु नदेखिएका पनि हैन । त्यसैगरि, वाली हुर्केर अन्न लाग्ने बेलामा अन्नै नलाग्ने जस्ता घटना पनि नदेखिएका हैन । खै त बेलैमा यस्तो अप्रिय घटनाबाट जोगिन गरेका अनुसन्धात्मक कार्य भएको ?

सधैँ । यति माात्र हैन, भिरालो, पाखो, समथर सबै जग्गा जोत्न खन्न सक्ने विभिन्न प्रकारका मेसिन औजार बजारमा उपलव्ध छन । यस्ता मेसिन औजारहरुको व्यापक प्रयोग गरि कृषिमा यान्त्रिककरण गर्नुप¥यो । थोपा सिचाईंलाई व्यापकता दिनुप¥यो । हावापानी, भू–वनौट, माटोको गुण अनुसारको उन्नत जातको बीउबिजन उत्पादनको लागि अनुसन्धान गर्नुप¥यो । यसो भन्नुको तात्पर्य नेपालमा अनुसन्धान र विकास कार्यको लागि राज्य तर्फबाट कञ्जुस्याई भएकै हो । यदि बजेट अभावकै कारण यस्ता भएको हो भने अब उप्रान्त राज्यले बजेट विनियोजन गर्दा अनुसन्धान कार्यको लागि उदार हुनैपर्छ ।

कृषि विकासको लागि इजरायलबाट केहि सिक्नैपर्ने कुरा गरिरहँदा नेपालले इजरायल सरकारसँग प्राविधिक सहयोगको लागि हात बढाउनै पर्नेहुन्छ । हुन त इजरायल सरकारले ३० औं वर्ष अगाडिदेखिनै केहि न केहि प्रकारले सहयोग गर्दै आइरहेकै अवस्था हो । कतिले इजरायलमै गएर तालिम लिइआईसकेका छन भने इजरायल सरकारले नेपालमै प्रदान गरेका तालिम कार्यक्रममा पनि सहभागिता जनाईसकेका छन ।

त्यसमध्ये, थोरैले आफूले सिकेका सिप ज्ञानलाई व्यवहारमा उतारेर लाभान्वित पनि भएका छन भने धेरैजसोले सिकेर आएका सिपलाई प्रयोग गरेको पाइदैँन, यो राम्रो कुरा हैन । आफूले सिकेर आएका सिपलाई व्यवहारमा उतार्नुपर्छ र अरुलाई पनि सिकाउनुमा नै बुद्धिमता हुन्छ । उत्पादन तथा बजार विकासका लागि समुदाय र सहकारीमार्फत गर्दा उत्तम हुनेछ । यसका लागि, समुदाय निर्माण गठनको बलियो आधार विकास गनुपर्छ साथै विद्यमान कृषि सहकारीहरुलाई पनि प्रभावकारी बनाउन अत्यन्त जरुरी छ । अन्तमा, नेपालले पनि कृषि क्षेत्रमा छर्लाङ्ग मार्ने हो भने इजरायलवाट केहि सिक्नु आजको माग हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चिनियाँ राष्ट्रपतिलाई राष्ट्रपति भण्डारीले विमानस्थलमै स्वागत गर्ने सहितका मन्त्रीपरिषदका निर्णय यस्ता छन्
चिनियाँ राष्ट्रपतिलाई राष्ट्रपति भण्डारीले विमानस्थलमै स्वागत गर्ने सहितका मन्त्रीपरिषदका निर्णय यस्ता छन्
पसलमा म्याद गुज्रेका सामान बेच्छन्
संघीयताकाे असल अनुभूति हुनेगरी काम गर्नेछौं : मुख्यमन्त्री गिरी (अन्तर्वार्ता)
संघीयताकाे असल अनुभूति हुनेगरी काम गर्नेछौं : मुख्यमन्त्री गिरी (अन्तर्वार्ता)
चितवनमा दुई जनाले बुझाए हतियार
चितवनमा दुई जनाले बुझाए हतियार
गृहमन्त्री बन्न रविको दौडधूप, प्रचण्डलाई भेट्न आज पनि बालुवाटार पुगे
गृहमन्त्री बन्न रविको दौडधूप, प्रचण्डलाई भेट्न आज पनि बालुवाटार पुगे
तोडियो डा. केसीको अनसन…
तोडियो डा. केसीको अनसन…
प्रधानमन्त्री देउवाद्वारा मतदान, बहुमतसहित जित शुनिश्चित भएकाे प्रतिक्रिया
प्रधानमन्त्री देउवाद्वारा मतदान, बहुमतसहित जित शुनिश्चित भएकाे प्रतिक्रिया
कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका व्यक्तिले बैंक खाता खोल्न नपाउने
कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका व्यक्तिले बैंक खाता खोल्न नपाउने
२ वर्षभित्र सरकारको आफ्नै संसद भवन हुने
२ वर्षभित्र सरकारको आफ्नै संसद भवन हुने
बिम्स्टेक सम्मेलन प्रभाव: ७ लाख सवारी घरमै थन्किए, यात्रुको विचल्ली !
बिम्स्टेक सम्मेलन प्रभाव: ७ लाख सवारी घरमै थन्किए, यात्रुको विचल्ली !

तपाईंले छुटाउनुभयो कि?