आमिर खानप्रति चिनीयाँ युवतीहरुको बढ्दो क्रेज

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष ९, २०७५
|
|
२८ पटक हेरिएको
Shares
आमिर खानप्रति चिनीयाँ युवतीहरुको बढ्दो क्रेज

सारांश

  • चीनमा अचेल आमिर खानका धेरै फ्यान फलोइंग बढेको छ ।
  • कुस्तीको कथामा आधारित आमिर खान अभिनित फिल्म ‘दंगल’ पछि त झन् चीनमा अनौठो रुपमा उनका प्रशंसकहरु थपिएका छन् र लगातार आमिरको फिल्मले चीनमा राम्रो ब्यापार गरिरहेको छ ।
  • शिनजियांगकी एक युवतीले हिन्दीमा गाएको गीतले चिनिया शोसल मिडिया वीबोमा धेरै लोकप्रियता हाँसिल गरिरहेकोे छ ।

चीनमा अचेल आमिर खानका धेरै फ्यान फलोइंग बढेको छ । कुस्तीको कथामा आधारित आमिर खान अभिनित फिल्म ‘दंगल’ पछि त झन् चीनमा अनौठो रुपमा उनका प्रशंसकहरु थपिएका छन् र लगातार आमिरको फिल्मले चीनमा राम्रो ब्यापार गरिरहेको छ । शिनजियांगकी एक युवतीले हिन्दीमा गाएको गीतले चिनिया शोसल मिडिया वीबोमा धेरै लोकप्रियता हाँसिल गरिरहेकोे छ । भिडियोमा युवतीले आमिर खानको फिल्म ‘सिक्रेट सुपरस्टार’को गीत ‘नचदी फिरा…. ‘गाएकी छिन् ।

हिजोआज चीनियाँ युवतीहरु आमिर खानसँगै रहेर यो गीत गाउँदै रमाइरहेका छन् किनकी यतिखेर आमिर खान आफ्नो फिल्म ‘ठग्स अफ हिन्दुस्तान’को प्रचारप्रसारको क्रममा चीनमा छन् ।दर्शक दीर्घामा बसेकी युवतीले गाएको हिन्दी गीत सुनेर आमिर छक्क परे र उनको प्रशंसा गर्दै भने-‘कि यो गीत आफैैंमा मुश्किल गीत हो तपाइंले राम्रो गाउनुभयो ‘।आमिरको आफु ठूलो प्रशंसक भएको मान्ने शिनजियांगका युवतीहरुले आमिरलाई चीनियाँ संस्कृती झल्कने टोपी उपहार दिएका थिए ।

उपहार पाएपछि आमिरले आफुलाई गरिएको प्रशंसा र सम्मानले मन छोएको बताएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?