जहाँ एकसय रुपैयाँमा घर किन्न पाइन्छ

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ ९, २०७५
|
|
२२ पटक हेरिएको
Shares
जहाँ एकसय रुपैयाँमा घर किन्न पाइन्छ

सारांश

  • एजेन्सी।
  • अमेरिकाको सन फ्रान्सिस्को जस्तो चर्चित सहरमा घरको मूल्य ७ करोड पुगेको छ।
  • त्यही इटलीको सुन्दर म्यामबुका टाउनमा निकै राम्रो घर पनि १ सय रुपैयाँमा पाइने गर्दछ।

एजेन्सी। अमेरिकाको सन फ्रान्सिस्को जस्तो चर्चित सहरमा घरको मूल्य ७ करोड पुगेको छ। त्यही इटलीको सुन्दर म्यामबुका टाउनमा निकै राम्रो घर पनि १ सय रुपैयाँमा पाइने गर्दछ।

यसको कारण यस टाउनलाई मानिसले शहर बनाएका छन्, तर यो क्षेत्र ठाउँ छ। स्थानीयले यसलाई पुनः बाक्लो बस्ती बसाउने योजना बनाएका छन्। यद्यपी यहाँ घर किन्नका लागि पहिले केही शर्त पनि पुरा गर्नु पर्ने हुन्छ।

सिसली शहरमा रहेको यस हिलटप म्यामबुका टाउन बस्नका लागि निकै राम्रो ठाउँ हो। पछिल्लो समय यहाँका मानिसले यस टाउनलाई बढाएर निकै ठूलो शहर बनाएका छन्। तर यो निकै खाली छ।

त्यसैले यहाँका अफिसरले यस स्थानमा बस्ती बसाउनका लागि घर खरिद गर्न विशेष अफर दिएका छन्। यहाँ ४३० देखि १६१० स्क्वायर फीटको छुट्टाछुट्टै आकारमा धेरै सम्पत्ति छन्।

यहाँ घर निकै सस्तो मूल्यमा पाइने छ। यस घरको मूल्य १ दशमलव १५ डलर अर्थात करिब १३१ रुपैयाँ २ पैसा पर्ने गर्दछ। यहाँ घर किन्नका लागि मानिसले केही सर्त पुरा गर्नु पर्दछ।

यी हुन घर खरिद गर्ने सर्त
घर खरिदने व्यक्तिले ३ वर्षमा १२ लाख रुपैयाँमा खर्च गर्नु पर्नेछ। किनकी घर लामो समय खाली भएको हुँदा थोत्रो बनेका छन् भने फर्निचर पनि पुराना भएका छन्।

घर किन्ने व्यक्तिले सुरक्षा बचतका लागि ४ लाख रुपैयाँ जम्मा गर्नु पर्ने हुन्छ। सबै गरेर घर किन्नका लागि जम्मा १६ लाख रुपैयाँ तयार राख्नु पर्ने हुन्छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?