ओली-प्रचण्ड भेटवार्ता सुरु : के विषयमा होला छलफल ?
सारांश
- काठमाडौँ, पुस १२ ।
- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता सुरू भएको छ ।
- ओली निवास बालकोटमा ओलीलाई भेट्न प्रचण्ड पुगेका हुन् ।
काठमाडौँ, पुस १२ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता सुरू भएको छ । ओली निवास बालकोटमा ओलीलाई भेट्न प्रचण्ड पुगेका हुन् ।
भेटमा ओली र प्रचण्डबीच राष्ट्रिय सभा निर्वाचन अध्यादेश, पार्टी एकता र सरकार गठनको विषयमा महत्वपूर्ण छलफल हुने बताइएको छ ।
चुनावलगत्तै पार्टी एकीकरण प्रक्रिया सुरु गर्ने भने पनि एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच दुईपटक मात्रै औपचारिक वार्ता भएका छन् ।
पार्टी एकता र सरकार गठनबीच ओली र प्रचण्डबीच केही दिनयता संवादहिनताको अवस्था देखा परेको थियो ।
नयाँ सरकार गठनका लागि दुई शीर्ष नेताबीच गहन छलफलसमेत हुन नसकेको भन्दै आलोचना भएपछि भेटवार्ता हुन लागेको हो । प्रचण्ड तीन दिन चितवनमा भएकाले भेट भएको थिएन ।
२ बजे भेट हुने भनिएपनि प्रचण्ड १५ मिनेटअघि नै बालकोट ओली निवास पुगेका हुन् ।
JN Marasini
केपि ओलि प्रधानमन्त्री र प्रचण्ड पार्टी अध्यक्ष हुनुपर्छ ?
Tiljapun Magar
यि दुई मध्यमा जस्ले पनि घात गर्छन उहाँ को राजनीति जीवनमा ठुलो असर पर्ने छ जनताको चहाना स्थिर सरकार हो ९/९ महिनाको होइन
Naresh Man Shakya
लोभ र लालच अनि तेरो भाग, र मेरो भाग, को बिषयमा।
Hikmat Upadhaya
नेपाली जनताकाे चाहना र जनमतकाे कदर हुने सम्झौता हाेस।
Gurung Sg
good hos bad nohos
Bijendra Manandhar
नेपाली जनताकाइ धोका नहोस,पद र पैसामा नबिकोस,आफ्नो अस्तित्व बचाउनु छ भने जनतालाइ दियको बचन पुरा गर्नु होला!कसैको दवाबमा नजानु होला
Tika Manandhar
नमिले भारतको दबाबमा बस्नू पर्ने हुन्छ।