सम्राट अशोकसँग तुलना गर्दै प्रचण्डले के भने ?
सारांश
- पुस १४, ललितपुर।
- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति, सुशासन र समृद्धि नेपाली राजनीतिका प्रमूख एजेण्डा भएको बताएका छन्।
- शुक्रबार ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले चुनावमा जनतासँग स्थीरताको प्रतिवद्धता गरेको बताएका छन्।
पुस १४, ललितपुर। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति, सुशासन र समृद्धि नेपाली राजनीतिका प्रमूख एजेण्डा भएको बताएका छन्।
शुक्रबार ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले चुनावमा जनतासँग स्थीरताको प्रतिवद्धता गरेको बताएका छन्।
“हामीले जनताको बीचमा स्थिरताको प्रतिवद्धता व्यक्त गरेका छौं, विकासको प्रतिवद्धता गरेका छौं। त्यसलाई मैले शान्ति, सुशासन र समृद्धिका रुपमा परिभाषित गर्दै आएको छु,’ प्रचण्डले भने ‘निर्वाचनमा हामीले जनताका बीचमा जे-जस्ता प्रतिवद्दता व्यक्त गरेका छौं, संकल्प गरेका छौं, त्यसलाई पूरा गर्छौं। अब देश शान्ति, सुशासन र समृद्धिको यात्रामा अघि बढाउँछौं।’
‘कतिपयलाई लाग्छ पनि होला, युद्धको नेतृत्व गरेको मान्छेले शान्तिको कुरा गर्छ। जसले युद्धको नेतृत्व गरेको हुन्छ, त्यसलाई नै शान्तिको महत्व सबैभन्दा बढी थाहा हुन्छ’ प्रचण्डले भने “साम्राट आशोक पहिले युद्धका कमाण्डर थिए, पछि शान्तिका प्रवर्तक भएर बुद्धको सन्देश विश्वभर फैलाए। हाम्रो युद्ध पनि शान्तिका लागि थियो, सुशासनका लागि थियो, विकासका लागि थियो। अहिले हामी त्यही संकल्पमा छौं।’
Nabaraj Adhikari
ढाकाटाेपिमा माननीय प्रचण्ड ! सुहाउंदाे रैछ !!
Naresh Man Shakya
पतक्क लक्षन देखिनदैन्।