ओली-प्रचण्ड विवादको असर संवैधानिक निकायको नियुक्तिमा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर ३०, २०७७
|
|
३० पटक हेरिएको
Shares
ओली-प्रचण्ड विवादको असर संवैधानिक निकायको नियुक्तिमा

सारांश

  • सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीभित्रको विवादले संवैधानिक परिषदको बैठक प्रभावित भएको छ ।
  • आइतबारका लागि तय भएको परिषद बैठकमा गणपूरक संख्या पुगेन ।
  • कारण थियो सभामुख अग्नि सापकोटा र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको अनुपस्थिति ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीभित्रको विवादले संवैधानिक परिषदको बैठक प्रभावित भएको छ । आइतबारका लागि तय भएको परिषद बैठकमा गणपूरक संख्या पुगेन । कारण थियो सभामुख अग्नि सापकोटा र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको अनुपस्थिति ।

देउवाले पार्टीको प्रदर्शन कार्यक्रम भन्दै सहभागिता जनाएनन् । सभामुख सापकोटा पनि गएनन् । जसका कारण परिषद बैठक अगाडि बढ्न सकेन र आजका लागि सारियो ।

संवैधानिक परिषद बैठकमा आज पनि सभामुख सापकोटा अनुपस्थित भए । उनको अनुपस्थितिले बैठक प्रभावित भएको छ । गणपुरक संख्या नपुगेकाले बैठकले कुनै निर्णय लिन नसक्ने अवस्था छ ।

सापकोटा अनुपस्थित हुनुमा नेकपाभित्रको विवाद हो । उनी कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट हुन् । ओली र प्रचण्डबीच अहिले विवाद चलेको छ । पार्टीभित्र एकले अर्कालाई संकटमा पारेर सत्ताको द्वन्द्व चलेको छ ।

संवैधानिक निकायमा नियुक्तिका लागि पनि नेताहरुबीच विवाद छ । विशेषगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग र निर्वाचन आयोगमा आ(आफ्नो निकटस्थलाई नियुक्ति दिलाउन नेताहरु विवाद गरिरहेका छन् । नेकपाभित्रको विवादको सिधा असर संवैधानिक निकायको नियुक्तिमा देखिएको छ ।

संवैधानिक परिषदमा प्रधानमन्त्री अध्यक्ष रहने व्यवस्था छ । प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रमुख प्रतिपक्षी दलका नेता, उपसभामुख सदस्य रहने संवैधानिक व्यवस्था छ । हाल उपसभामुख पद रिक्त छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तसहित विभिन्न संवैधानिक निकायमा ४५ पदाधिकारी रिक्त भएको अवस्थामा प्रधानमन्त्रीले बैठक डाकेका हुन् । अख्तियारमा रिक्त प्रमुख आयुक्त र दुई आयुक्तको नियुक्ति अगाडि बढाउने प्रधानमन्त्रीको तयारीका रुपमा परिषदको बैठक प्रक्रियालाई हेरिएको छ ।

संवैधानिक निकायमा अख्तियारमा प्रमुख आयुक्त र दुई आयुक्त, निर्वाचन आयोगमा दुई आयुक्त पद रिक्त छ । राष्ट्रिय महिला आयोगमा अध्यक्षसहित ५, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा ४ आयुक्त, राष्ट्रिय दलित आयोगमा अध्यक्षसहित ५ पद, समावेशी आयोगमा अध्यक्षसहित ४ पद, आदिवासी तथा जनजाति आयोगमा अध्यक्षसहित ५ पद, मधेशी, थारु र मुस्लिम आयोगमा ४ ४ आयुक्त र राष्ट्रिय मानव अधिकार आयोगमा अध्यक्षसहित ५ पद रिक्त छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतको धौलीगङ्गा बाँध खोलिँदै, सतर्क रहन आग्रह
भारतको धौलीगङ्गा बाँध खोलिँदै, सतर्क रहन आग्रह
बोर्ड बैठक बस्ने तयारीमा गरिबी निवारण कोष
बोर्ड बैठक बस्ने तयारीमा गरिबी निवारण कोष
कञ्चनपुरमा त्रिपक्षीय प्रतिस्पर्धा, ससुरा कांग्रेस र ज्वाँई एमालेका उम्मेदवार .
कञ्चनपुरमा त्रिपक्षीय प्रतिस्पर्धा, ससुरा कांग्रेस र ज्वाँई एमालेका उम्मेदवार .
दोहोरो, तेहोरो कर लिँदैनौँ, जनतामा भोक जगाइदिएका छौँ, अब पेट भरिदिन्छौँ : मातृका यादव
दोहोरो, तेहोरो कर लिँदैनौँ, जनतामा भोक जगाइदिएका छौँ, अब पेट भरिदिन्छौँ : मातृका यादव
ताप्लेजुङको पछिल्लो मत परिणाम, योगेश भट्टराईको अवस्था !
ताप्लेजुङको पछिल्लो मत परिणाम, योगेश भट्टराईको अवस्था !
लेखनाथ महानगरपालिकाको प्रमुख पदमा काँग्रेसका रामजी कुँवरलाई विजयी गराउने माओवादी केन्द्रको प्रतिबद्धता !
२० वर्ष पुराना गाडीः निर्णय उल्टाउँदै सरकार
२० वर्ष पुराना गाडीः निर्णय उल्टाउँदै सरकार
यि हुन नेपाली र चिनियाँ लगानीकर्ताबीच सम्झौता भएका ८ परियोजनाहरू
यि हुन नेपाली र चिनियाँ लगानीकर्ताबीच सम्झौता भएका ८ परियोजनाहरू
कोरोना संक्रमित पूर्व सांसद कमानसिंह लामाको निधन
कोरोना संक्रमित पूर्व सांसद कमानसिंह लामाको निधन
७०० ले ओरालो लाग्यो सुनको मुल्यो
७०० ले ओरालो लाग्यो सुनको मुल्यो

तपाईंले छुटाउनुभयो कि?