बोर्ड बैठक बस्ने तयारीमा गरिबी निवारण कोष

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र ८, २०७५
|
|
१९ पटक हेरिएको
Shares
बोर्ड बैठक बस्ने तयारीमा गरिबी निवारण कोष

सारांश

  • गरिबी निवारण कोषले बोर्ड बैठकको तयारी शुरु गरेको छ ।
  • बैठकको तयारीको लागि उपाध्यक्ष निर्मलकुमार भट्टराईको अध्यक्षतामा विहिबार बसेको पूर्व तयारी बैठकले आगामी बोर्ड बैठकमा पेश गर्ने कार्यसूची पारित गर्नुका साथै कोषको सोधभर्ना, बेरुजू फछ्र्योट, कोषद्वारा प्रवर्धित सामुदायिक संस्थाको नियमन , आगामी बजेट र गरिबी निवारण सम्बन्धी सरकारको कार्यसूची माथि विस्तृत छलफल भएको कोषले जनाएको छ ।
  • प्रधानमन्त्रीको समय अनूकुल हुने वित्तिकै यसै महिना बोर्ड बैठक बस्ने बताईएको छ ।

गरिबी निवारण कोषले बोर्ड बैठकको तयारी शुरु गरेको छ । बैठकको तयारीको लागि उपाध्यक्ष निर्मलकुमार भट्टराईको अध्यक्षतामा विहिबार बसेको पूर्व तयारी बैठकले आगामी बोर्ड बैठकमा पेश गर्ने कार्यसूची पारित गर्नुका साथै कोषको सोधभर्ना, बेरुजू फछ्र्योट, कोषद्वारा प्रवर्धित सामुदायिक संस्थाको नियमन , आगामी बजेट र गरिबी निवारण सम्बन्धी सरकारको कार्यसूची माथि विस्तृत छलफल भएको कोषले जनाएको छ । प्रधानमन्त्रीको समय अनूकुल हुने वित्तिकै यसै महिना बोर्ड बैठक बस्ने बताईएको छ ।

गरिबी निवारण कोष ऐनद्वारा निर्माण भएका करिब बत्तिस हजार सामुदायिक संस्थामा करिब १९ अरब घुम्ती कोषलाई कसरी नियमन र गरिबी निवारणमा अझ प्रभावकारी ढंगले सञ्चालन गर्ने चुनौति कोषले सामना गर्दै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?