साथीहरुसँगै खेल्दाखेल्दै बाटोमा फालिएको विषादी खाएपछि बालकको ज्यान गयो

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख ३, २०७६
|
|
३३ पटक हेरिएको
Shares
साथीहरुसँगै खेल्दाखेल्दै बाटोमा फालिएको विषादी खाएपछि बालकको ज्यान गयो

सारांश

  • काठमाडौं ।
  • बाटोमा अलपत्र फालिएको विषादी एक बालकले खाएपछि ज्यान गएको छ ।
  • सर्लाहीको मदनपुरमा साथीहरुसँग खेलिरहेका बेला एक बालकले बाटोमा फालिएको विषादी खाएका थिए ।

काठमाडौं । बाटोमा अलपत्र फालिएको विषादी एक बालकले खाएपछि ज्यान गएको छ । सर्लाहीको मदनपुरमा साथीहरुसँग खेलिरहेका बेला एक बालकले बाटोमा फालिएको विषादी खाएका थिए ।

थाहा नपाएर बाटोमा फालिएको विषादी ३ वर्षे अरबन्द्रि साहले खाएपछि उनको ज्यान गएको छ । सर्लाहीको कविलासी नगरपालिका–३ मदनपुरका रामलाल साह तेलीका ३ वर्षीय छोरा अरबिन्द्रको ज्यान गएको प्रहरीले जनाएको छ।

विषादी खाएपछि सिकिस्त भएका बालकलाई उपचारका लागि जिल्ला अस्पताल मलंगवा लगिएको थियो । बालकको बाटैमा ज्यान गएको र घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?