ओली र प्रचण्डको सम्बन्ध कसिलो हुँदा तनावमा माधवकुमार नेपाल

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन ११, २०७५
|
|
६० पटक हेरिएको
Shares
ओली र प्रचण्डको सम्बन्ध कसिलो हुँदा तनावमा माधवकुमार नेपाल

सारांश

  • काठमाडौं, ११ फागुन ।
  • सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पछिल्लो समय असाध्यै घनिष्ठ मिलन भएको छ ।
  • भेनेजुयला प्रकरणपछि एकाएक दुई अध्यक्षबीच सम्बन्ध बिग्रिएका खबरहरु सार्वजनिक भएका थिए ।

काठमाडौं, ११ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पछिल्लो समय असाध्यै घनिष्ठ मिलन भएको छ ।

भेनेजुयला प्रकरणपछि एकाएक दुई अध्यक्षबीच सम्बन्ध बिग्रिएका खबरहरु सार्वजनिक भएका थिए । उनीहरु एक अर्काविरुद्ध खनिएका थिए । तर, प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच तीन घण्टा एक्लाएक्लै मन माझामाझ भएपछि सबै कुरा मिलेको छ । उनीहरु एक अर्काको बखान र प्रशंसा गर्न पनि पछि हटेका छैनन् । सरकारको आलोचना गर्नुको साटो प्रचण्डले खुलेर प्रशंसा गरेका छन् ।

सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा अध्यक्ष प्रचण्डले समिक्षा गर्दा सफल भएको नै दाबी गरेका थिए । धेरै ऐन तथा कानुन बनाउनु परेकोले सरकारको एक वर्षे कार्यकालमा जनताले अपेक्षा गरेका धेरै काम हुन नसकेको भएपनि अब द्रुत गतिमा काम देखा पर्ने प्रचण्डले विश्वास दिलाएका थिए ।

अचम्म त के भने प्रधानमन्त्री ओलीले प्रचण्डको साथ लिएर नै पार्टीका विभिन्न सांगठानिक एकता टुँगो लगाउन गठित कार्यदलले काम गर्न नसकेको भन्दै भंग गरिदिए । तर, अर्को पक्ष बरिष्ठ नेता माधव कुमार नेपाल पक्ष अध्यक्षद्धयसँग रुष्ट बन्यो । कार्यदल भंग गर्नेबारे ओलीले अध्यक्ष प्रचण्डबाहेक अरुसँग सल्लाह नै नगरेको नेकपानिकट उच्च स्रोतको दाबी छ ।

कार्यदल भंग गरेपछि माधव पक्ष रुष्ट बनेको छ । उनीहरुले सार्वजनिक रुपमै अध्यक्षद्धयको कार्यशैलीको विरोध तथा आलोचना गरेका छन् । तर, ओली र प्रचण्डले भने ती सबै आलोचनाहरुलाई पचाएर अघि बढ्ने रणनीति लिएका छन् । बालुवाटार स्रोतका अनुसार आजभोलि अध्यक्षद्धय ओली र प्रचण्डबीच नियमितजस्तो भेटवार्ता भैरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारले आज र भोलि ३२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै
सरकारले आज र भोलि ३२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै
फोहरबाट ऊर्जा उत्पादन गर्ने तयारी
फोहरबाट ऊर्जा उत्पादन गर्ने तयारी
माधव नेपाललाई पार्टी जोगाउनै धौधौ
माधव नेपाललाई पार्टी जोगाउनै धौधौ
राष्ट्र संघमा नेपाल प्रहरीको प्रशंसा
राष्ट्र संघमा नेपाल प्रहरीको प्रशंसा
चीनका सबै क्षेत्रमा कोरोनाभाइरसको सङ्क्रमण देखिएको पुष्टि
चीनका सबै क्षेत्रमा कोरोनाभाइरसको सङ्क्रमण देखिएको पुष्टि
मुलुकले पाउँदैछ फागुन २९ मा नयाँ राष्ट्रपति
मुलुकले पाउँदैछ फागुन २९ मा नयाँ राष्ट्रपति
https://kingdom-con.com/Оhttps://kingdom-con.com/фhttps://kingdom-con.com/иhttps://kingdom-con.com/цhttps://kingdom-con.com/иhttps://kingdom-con.com/аhttps://kingdom-con.com/лhttps://kingdom-con.com/ьhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ыhttps://kingdom-con.com/йhttps://kingdom-con.com/ https://kingdom-con.com/сhttps://kingdom-con.com/аhttps://kingdom-con.com/йhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Мhttps://kingdom-con.com/оhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/вhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/ https://kingdom-con.com/нhttps://kingdom-con.com/аhttps://kingdom-con.com/ https://kingdom-con.com/сhttps://kingdom-con.com/пhttps://kingdom-con.com/оhttps://kingdom-con.com/рhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com
दुईवटा वडा कार्यालयमा आगजनी
दुईवटा वडा कार्यालयमा आगजनी
‘राम्रा काम गर्न सरकारको नै मुख ताक्नुपर्छ भन्ने छैन: रक्षामन्त्री  पोखरेल
‘राम्रा काम गर्न सरकारको नै मुख ताक्नुपर्छ भन्ने छैन: रक्षामन्त्री पोखरेल
गुणस्तरीयता वृद्धिसँगै सामुदायिक विद्यालयमा आकर्षण
गुणस्तरीयता वृद्धिसँगै सामुदायिक विद्यालयमा आकर्षण