मुलुकले पाउँदैछ फागुन २९ मा नयाँ राष्ट्रपति
सारांश
- काठमाडौं, १० फागुन ।
- मुलुकले यही फागुन २९ गते नयाँ राष्ट्रपति पाउने भएको छ ।
- निर्वाचन आयोगले राजनीतिक दलहरुसँगको पपरामर्शपछि राष्ट्रपतिको चुनाव फागुन २९ गते तोकेपछि उक्त दिन नेपालले नयाँ राष्ट्रपति पाउने भएको हो ।
काठमाडौं, १० फागुन । मुलुकले यही फागुन २९ गते नयाँ राष्ट्रपति पाउने भएको छ । निर्वाचन आयोगले राजनीतिक दलहरुसँगको पपरामर्शपछि राष्ट्रपतिको चुनाव फागुन २९ गते तोकेपछि उक्त दिन नेपालले नयाँ राष्ट्रपति पाउने भएको हो ।
राष्ट्रपति र उपराष्ट्रपतिको चुनावका लागि प्रदेशसभाका ५ सय ५० सदस्य र संघीय संसदका ३ सय ३४ जना मतदता हुनेछन् । प्रदेशसभा सदस्यको मतभार ४८ छ र संघीय संसदका सदस्यको मतभार ७९ कामय गरिएको छ । प्रदेशसभा र प्रतिधिसभा गठन भएको १ महिनाभित्र राष्ट्रपतिको चुनाव गरिसक्नुपर्ने व्यवस्था छ ।
चुनावको मितिसँगै आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले फागुन २३ गते राष्ट्रपति पदका लागि उम्मेदवारी दिन सकिने जनाएको छ । मतदान सकिएलगत्तै मतगणना गरिने र त्यही दिन मुलुकले नयाँ राष्ट्रपति पाउने छ ।
Mohan Kayasta
Not new but the same old .
Mohan Kayasta
Old wine in new bottle.