राष्ट्र संघमा नेपाल प्रहरीको प्रशंसा
सारांश
- काठमाडौं ।
- संयुक्त राष्ट्र संघीय प्रहरी प्रमुखहरुको सम्मेलनमा भाग लिएर प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल स्वदेश फर्केका छन् ।
- राष्ट्र संघबाट नेपाल प्रहरीले सकारात्मक प्रतिक्रिया पाएकोमा आफू उत्साहित भएको बताएका छन् ।
काठमाडौं । संयुक्त राष्ट्र संघीय प्रहरी प्रमुखहरुको सम्मेलनमा भाग लिएर प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल स्वदेश फर्केका छन् । राष्ट्र संघबाट नेपाल प्रहरीले सकारात्मक प्रतिक्रिया पाएकोमा आफू उत्साहित भएको बताएका छन् ।
राष्ट्र संघमा नेपाल प्रहरीको इमान्दारिता, अनुशासन, राष्ट्र संघको आचारसंहिता अनुरूप व्यवहारको साथै प्रहरी अधिकृतले प्रविधि र सुरक्षामा देखाएको तदारूकताको निकै ठूलो प्रशंसा भएको महानिरीक्षक खनालले बताए ।
महानिरीक्षक खनालले सम्मेलनका छलफल एजेण्डा, प्रस्ताव र सदस्य राष्ट्रका प्रहरी प्रमुखहरूको प्रस्तुतीकरणलाई राष्ट्र संघको उच्च नेतृत्वले पुनरावलोकन गर्ने बताएका छन् । केही तत्काल कार्यान्वयन गरिने तथा केही आगामी वर्षका लागि रणनीतिक रूपमा योजना बनाइने निर्णय भएको बताए ।
राष्ट्र संघीय मिसनमा सहभागी हुन पूर्ण दक्ष हुने सीप विकास गर्ने र महिला प्रहरी अधिकृतहरूको सहभागिता बढाउन आ-आफ्नै देशमा विशेष तालिम सहित पहल गरिने निर्णय समेत भएको जानकारी दिए ।
सम्मेलनमा सदस्य राष्ट्रका सबल एवम् दुर्बल पक्ष, राष्ट्र संघमा प्रहरी अधिकृतहरूको परिचालन, आवश्यक स्रोतसाधनको व्यवस्था, मिसनको दायरा फराकिलो पार्दै क्षमता बढाउने, महिला प्रहरी अधिकृतको सहभागिता बढाउने, प्रि-डिप्लोएमेन्ट तालिमलाई प्रभावकारी बनाउने, सदस्य राष्ट्रबीच एकरूपता ल्याउने र प्रहरीको क्षमता तथा योग्यता बृद्दि गरी थप प्रभावकारिता ल्याउने लगायत तथा केही सांगठनिक एवम् नीतिगत बिषयमा समेत विस्तृत छलफल भएको प्रहरी महानिरीक्षक खनालले जानकारी दिए ।
असार ६ र ७ मा भएको सम्मेलनमा १ सय २१ देशका प्रहरी प्रमुखहरूको सहभागिता थियो ।
Arjun Bista
33 kg