संखुवासभामा बस दुर्घटना : १० जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन २६, २०७८
|
|
४९ पटक हेरिएको
Shares
संखुवासभामा बस दुर्घटना : १० जनाको मृत्यु

सारांश

  • संखुवासभा।
  • संखुवासभामा बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ।
  • दुर्घटनामा १० जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी लालध्वज सुवेदीले जानकारी दिए।

संखुवासभा। संखुवासभामा बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी लालध्वज सुवेदीले जानकारी दिए।

बस सडकबाट करिब साढे ३ सय मिटर तल खसेको छ। दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस आज बिहान करिब साढे सात बजे दुर्घटना भएको थियो ।

मादीको ओखरबोटे बजारबाट झापाको दमकतर्फ जाँदै गरेको ४ ख ७३५ नम्बरको बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको हाे।

बिहीबार बिहान साढे सात बजे मादी-६ को सातघुम्तीमा दुर्घटना भएको हो। दुर्घटनामा परेका तीन जनाको जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ। दुर्घटनामा ज्यान गुमाएकाहरुकाे पहिचान खुल्न सकेकाे छैन।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?