नेपाल र युएईबीच श्रम सम्झौताको तयारी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक २८, २०७४
|
|
५२ पटक हेरिएको
Shares
नेपाल र युएईबीच श्रम सम्झौताको तयारी

सारांश

  • नेपाल र संयुक्त अरब इमिरेट्स (युएई)बीच द्विपक्षीय श्रम सम्झौताको तयारी अन्तिम चरणमा पुगेको छ ।
  • श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता भुवनप्रसाद आचार्यले केही प्राविधिक विषयमा दुई देशबीच सहमति भए केही दिनमै सम्झौताको टुंगो लाग्ने जानकारी दिनुभयो ।
  • उहाँले भन्नुभयो, “हामीले पठाएको श्रम सम्झौताको खाकामा युएईले आफ्नो धारणासहित परिमार्जनको खाका पठाएको छ, हामी अध्ययनकै क्रममा छौँ ।

नेपाल र संयुक्त अरब इमिरेट्स (युएई)बीच द्विपक्षीय श्रम सम्झौताको तयारी अन्तिम चरणमा पुगेको छ ।

श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता भुवनप्रसाद आचार्यले केही प्राविधिक विषयमा दुई देशबीच सहमति भए केही दिनमै सम्झौताको टुंगो लाग्ने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “हामीले पठाएको श्रम सम्झौताको खाकामा युएईले आफ्नो धारणासहित परिमार्जनको खाका पठाएको छ, हामी अध्ययनकै क्रममा छौँ ।”

युएईले पठाएको खाकाबारे श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले अध्ययन गरिरहेको छ । गत महिना जोर्डनसँग भएको श्रम सम्झौताअनुरुपकै खाकामा युएईसँग पनि सम्झौताको तयारी भइरहेको छ ।

सम्झौतामा कामदारको हक, अधिकार, कार्यक्षेत्रको अवस्था, कार्यअवधि, बीमा, न्यूनतम तलब, आपूर्ति प्रक्रियालगायतका विषय समावेश हुनेछ । युएईसँग हुने सम्झौतामा साधारण कामदारका साथै घरेलु कामदारको विषयमा समेत छुट्टै सम्झौता गर्ने तयारी भइरहेकोे प्रवक्ता आचार्यले जानकारी दिनुभयो ।

सम्झौतामा युएईमा रोजगारीका लागि जाने नेपाली कामदारलाई निःशुल्क टिकट र प्रवेशाज्ञाको व्यवस्था उल्लेख गरिने छ । सुरक्षित र मर्यादित श्रम तथा कामदारको हकअधिकारसम्बन्धी अन्तरराष्ट्रिय मापदण्डलाई पालन गर्न सम्झौताले सहयोग पुग्नेछ ।

नेपालले रोजगारीका लागि १०८ मुलुक खुला गरे पनि हालसम्म कतार र जोर्डनसँग मात्रै द्विपक्षीय श्रम सम्झौता गरेको छ । बहराइन, दक्षिण कोरिया, युएई र इजरायलसँग श्रमसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्थिर सरकार बनाउन नै वाम गठबन्धन  पूर्वमन्त्री अधिकारी
स्थिर सरकार बनाउन नै वाम गठबन्धन पूर्वमन्त्री अधिकारी
स्वास्थ्यमा समस्या आएपछि घरमै आराम गर्दै एमाले अध्यक्ष ओली
पहिचान संरक्षणका लागि बझाङमा ‘चैतली मेला’
पहिचान संरक्षणका लागि बझाङमा ‘चैतली मेला’
घर छोडेको अन्तिम रात : महराको सपरिवारले घर छोडेको हृदयविदारक रात पत्रकार डिल्ली मल्लको शव्दमा
घर छोडेको अन्तिम रात : महराको सपरिवारले घर छोडेको हृदयविदारक रात पत्रकार डिल्ली मल्लको शव्दमा
भारतमा लोकसभा निर्वाचन : नेपाल-भारत सीमा नाका तीन दिन बन्द हुने
भारतमा लोकसभा निर्वाचन : नेपाल-भारत सीमा नाका तीन दिन बन्द हुने
काङ्ग्रेस बाँकेका सभापतिमाथि आक्रमण गर्ने तीन जना पक्राउ, अन्य तीनको खोजी गरिँदै
काङ्ग्रेस बाँकेका सभापतिमाथि आक्रमण गर्ने तीन जना पक्राउ, अन्य तीनको खोजी गरिँदै
पदको लागि होइन सेवाको लागि नाट्टामा जान लागेको हुँ : भट्टराई
पदको लागि होइन सेवाको लागि नाट्टामा जान लागेको हुँ : भट्टराई
अवैध लागूऔषध अफिम खेती गर्ने पक्राउ
अवैध लागूऔषध अफिम खेती गर्ने पक्राउ
प्रदेश नं. २ मा ३७ हजार उम्मेदवार चुनावी मैदानमा
प्रदेश नं. २ मा ३७ हजार उम्मेदवार चुनावी मैदानमा
पाइप लाइन निर्माण कार्य अन्तिम चरणमा
पाइप लाइन निर्माण कार्य अन्तिम चरणमा