आजका दैनिक पत्रपत्रिकाले सरकारको राजनीतिक नियुक्ति खारेजलाई दिए प्राथमिकता

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २२, २०७५
|
|
२१ पटक हेरिएको
Shares
आजका दैनिक पत्रपत्रिकाले सरकारको राजनीतिक नियुक्ति खारेजलाई दिए प्राथमिकता

सारांश

  • काठमाडौं २२ असार ।
  • राजधानीबाट प्रकाशित हुने राष्ट्रिय दैनिक पत्रिकाहरुले १४ भदौ पछिका राजनीतिक नियुक्ति खारेज गर्ने मन्त्रिपरिषदको निर्णयलाई मुख्य प्राथमिकता दिएर समाचार छापेका छन् ।
  •  आजका मुख्य दैनिक पत्रिकाहरुले सरकारले गरेको निर्णयलाई विभिन्न ढंगबाट व्याख्या विश्लेषण गर्ने प्रयास गरेका छन् ।

काठमाडौं २२ असार । राजधानीबाट प्रकाशित हुने राष्ट्रिय दैनिक पत्रिकाहरुले १४ भदौ पछिका राजनीतिक नियुक्ति खारेज गर्ने मन्त्रिपरिषदको निर्णयलाई मुख्य प्राथमिकता दिएर समाचार छापेका छन् । आजका मुख्य दैनिक पत्रिकाहरुले सरकारले गरेको निर्णयलाई विभिन्न ढंगबाट व्याख्या विश्लेषण गर्ने प्रयास गरेका छन् । 

कान्तिपुरले पनि आज ‘प्रदेश प्रमुखलगायतलाई पदमुक्त गरिने’ शीर्षक दिएर मुख्य समाचार लेखेको छ । तर समाचारमा निर्णयले देखापरेका राजनीतिक विवाद र कानूनी जटिलताबारे चर्चा गरिएको छैन ।

नागरिक दैनिकले देउवा सरकारका नियुक्ति खारेज शीर्षकमा मुख्य समाचा छापेको छ । कांग्रेसले सरकारले द्वन्द्व बढाउने काम गरेको र प्रधानमन्त्री ओलीले प्रतिक्रियावादी प्रचारमा लागेको कुरालाई उठाएको छ ।

अन्नपूर्ण पोस्टले शेरबहादुर देउवा नेतृत्वको सरकारले भदौ १४ पछि गरेको राजनीतिक नियुक्ति खारेज गर्ने सरकारको निर्णय विवादमा परेको औंल्याएको छ । यो निर्णयले राजनीतिक विवादसँगै कानूनी प्रश्न उब्जाएको उसको ठम्याइ छ । समाचारमा वरिष्ठ अधिवक्ता शम्भु थापाले पद खोसिएकाहरु कानूनी उपचारका लागि अदालत जान सक्ने बताएका छन् ।

नयाँ पत्रिकामा राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको सरकारले बल्ल विवरण संकलन थालेको समाचार छ । समाचार अनुसार भदौ १४ पछि गरिएका नियुक्तिबारे जानकारी गराउन सबै मन्त्रालयलाई परिपत्र गरिएको छ ।

राजनीतिक नियुक्तिबारे सबैजसो पत्रपत्रिकाहरुले लेखे पनि अन्य विषयहरुमा भने विविधता छ । आज खासगरी न्याय सेवाको जागिरप्रतिको आकर्षण, डा. गोविन्द केसीको अनशन, नेकपा स्थायी समिति बैठकलगायतका विषयलाई पत्रपत्रिकाहरुले पहिलो पृष्ठमा स्थान दिएका छन् ।

(https://brownshvac.net/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?