भ्रष्टाचार ढाकछोप गर्न सरकार अख्तियारलाई तर्साउन लाग्यो :वरिष्ठ नेता पौडेल

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र १८, २०७६
|
|
२६ पटक हेरिएको
Shares
भ्रष्टाचार ढाकछोप गर्न सरकार अख्तियारलाई तर्साउन लाग्यो :वरिष्ठ नेता पौडेल

सारांश

  • काठमाडौं।
  • नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले बर्तमान सरकार दुई तिहाईको दम्भ देखाउँदै अख्तियारलाई तर्साएर भ्रष्टाचारमा मुद्दा ढाकछोप गर्न लागेको आरोप लागएका छन्।
  • सामाजिक सञ्जाल ट्वीटरमा वरिष्ठ नेता पौडेलले सरकारले भ्रष्टचारीलाई जोगाउनका लागि अख्तियारलाई तर्साउने गरेको उल्लेख गरेका छन्।

काठमाडौं। नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले बर्तमान सरकार दुई तिहाईको दम्भ देखाउँदै अख्तियारलाई तर्साएर भ्रष्टाचारमा मुद्दा ढाकछोप गर्न लागेको आरोप लागएका छन्। सामाजिक सञ्जाल ट्वीटरमा वरिष्ठ नेता पौडेलले सरकारले भ्रष्टचारीलाई जोगाउनका लागि अख्तियारलाई तर्साउने गरेको उल्लेख गरेका छन्। पौडेलले सरकारले दुई बर्ष बित्न लाग्दासमेत प्रदेशको राजधानी र नाम तोक्न नसकेकोमा पनि असंतुष्टि जनाएका छन्।

उनले अख्तियारलाई तर्साएर ठूला ठुला भ्रष्टाचारलाई जोगाउने काम गरेको र वाइडबडीजस्तो अर्बौंको भ्रष्टाचार काण्डलाई समेत ढोकछोप गर्न लागेको बताएका छन्। उनले ट्वीटरमा लेखेका छन्– ‘यो सरकारले दुई बर्ष बित्न लाग्दासमेत प्रदेशको राजधानी र नाम तोक्न सकेको छैन , अख्तियारलाई तर्साएर ठूला ठुला भ्रष्टाचारलाई जोगाउने काम गरेको छ र वाइडबडीजस्तो अर्बौंको भ्रष्टाचार काण्डलाई समेत ढोकछोप गर्न लागेको छ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?