राष्ट्रपतिसँगै यी सांसद जाँदैछन् पोल्याण्ड
सारांश
- काठमाडौं ।
- राष्ट्रपति विद्यादेवी भण्डारी लगायतको एक समुह आज शनिबार पोल्यान्ड जाँदैछन् ।
- डिसेम्बर २ देखि १४ सम्म पोल्यान्डमा हुन लागेको संयुक्त राष्टसंघको जलवायु परिवर्तनसम्बन्धी २४औं सम्मेलनमा भाग लिन जाँदैछिन् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी लगायतको एक समुह आज शनिबार पोल्यान्ड जाँदैछन् । डिसेम्बर २ देखि १४ सम्म पोल्यान्डमा हुन लागेको संयुक्त राष्टसंघको जलवायु परिवर्तनसम्बन्धी २४औं सम्मेलनमा भाग लिन जाँदैछिन् ।
राष्ट्रपति भण्डारीले भोलि आइतबार बर्लिनमा रहेको नेपाली दूतावासको आयोजनामा हुने कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। राष्ट्रपति भण्डारी मंसिर २० गते फर्कने कार्यतालिका छ।
डिसेम्बर ३ मा सम्मेलनको उद्घाटनमा सम्बोधन गर्ने कार्यक्रम छ। त्यही दिन बिहान युएन महासभाका प्रमुख मारिया फेरनान्डा स्पपिनोसा गार्सेससँग भेट्ने कार्यक्रम छ ।
त्यसैगरी बेलुका राष्ट्रपति भण्डारीले गणतन्त्र पोल्यान्डका राष्ट्रपतिको आयोजना गर्ने रात्रीभोजमा सहभागी हुने कार्यक्रम छ। त्यसैगरी राष्ट्रपति भण्डारीले डिसेम्बर ४ मा पोल्यान्डका राष्ट्रपति एन्ड्रिज सेवास्तिआन डुडासँग दुईपक्षीय भेटघाट गर्दैछिन् ।
राष्ट्रपति भण्डारीसँग वन तथा वातावरणमन्त्री शक्ति बस्नेत, सांसदहरु पूर्णकुमारी सुवेदी, कृष्णगोपाल श्रेष्ठ, पुष्पा भुसाल, सामसायप्रसाद यादव, चन्दा चौधरीलगायत जाँदैछन्।
प्रतिक्रिया