‘राष्ट्रिय उद्यमशील महिला मेला २०७५’ सम्पन्न

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष ९, २०७५
|
|
२३ पटक हेरिएको
Shares
‘राष्ट्रिय उद्यमशील महिला मेला २०७५’ सम्पन्न

सारांश

  • ललितपुर, ९ पुस ।
  • खाने पानीमन्त्री बिना मगरले नेपाली महिलाद्वारा उत्पादित कपडा प्रवद्र्धन गर्न आफूले सक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन ।
  • नेपाल उद्यमशील महिला महासङ्घले आइतबार यहाँ आयोजना गरेको ‘राष्ट्रिय उद्यमशील महिला मेला, २०७५’ को समापन गर्दै उहाँले सरकारमा रहेका महिलामन्त्रीले महिला उद्यमीद्वारा उत्पादित कपडा लगाएर प्रवद्र्धन गर्ने उद्देश्य राखेको बताईन ।

ललितपुर, ९ पुस । खाने पानीमन्त्री बिना मगरले नेपाली महिलाद्वारा उत्पादित कपडा प्रवद्र्धन गर्न आफूले सक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन । नेपाल उद्यमशील महिला महासङ्घले आइतबार यहाँ आयोजना गरेको ‘राष्ट्रिय उद्यमशील महिला मेला, २०७५’ को समापन गर्दै उहाँले सरकारमा रहेका महिलामन्त्रीले महिला उद्यमीद्वारा उत्पादित कपडा लगाएर प्रवद्र्धन गर्ने उद्देश्य राखेको बताईन ।

उहाँले महिला उद्यमीका उत्पादन आधुनिक बनाउँदै जानुपर्नेमा समेत जोड दिएकी छन् । मन्त्री मगरले भनिन्,‘महिला उद्यमी उत्पादन गर्दै जानुहोस् बजारीकरणको काम गर्न हामी तयार छौँ ।’

महासङ्घका अध्यक्ष देवीका बुढाथोकीले देशभरमा महिला उद्यमीको सङ्ख्या बढिरहेको जानकरी दिएकी छन् । स्थानीय तहसँग सहकार्य गरेर महिला उद्यमीले थप दक्ष बन्न सक्छन् । उनले भनिन्,‘स्थानीय तहले महिला उद्यमी लक्षित कार्यक्रम गर्नुपर्छ ।’ चार दिन अघि शुरु भएको मेला आइतबार सकिएको हो । मेलामा २० हजारले यहाँ भएका स्टल अवलोकन गरेको र रु २५ लाखको कारोवार भएको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?