ओली र प्रचण्डले सुवास नेम्वाङ र देव गुरुङलाई किन पठाए निर्वाचन आयोग ?
सारांश
- काठमाडाै, ३ जेठ ।
- नेकपा एमाले र माओवादी केन्द्रको एकतापछि नयाँ बन्ने नेपाल कम्युनिस्ट पार्टीलाई निर्वाचन आयोगमा दर्ता गराउन साविक दुवै दलका तर्फबाट दुई नेतालाई जिम्मेवारी दिइएको छ।
- एमालेका तर्फबाट सुवास नेम्वाङ र माओवादीको तर्फबाट देव गुरुङ दल दर्ताका लागि आयोग जाने दुवै दलको संयुक्त केन्द्रीय समिति बैठकले निर्णय गरेको हो।
काठमाडाै, ३ जेठ । नेकपा एमाले र माओवादी केन्द्रको एकतापछि नयाँ बन्ने नेपाल कम्युनिस्ट पार्टीलाई निर्वाचन आयोगमा दर्ता गराउन साविक दुवै दलका तर्फबाट दुई नेतालाई जिम्मेवारी दिइएको छ।
एमालेका तर्फबाट सुवास नेम्वाङ र माओवादीको तर्फबाट देव गुरुङ दल दर्ताका लागि आयोग जाने दुवै दलको संयुक्त केन्द्रीय समिति बैठकले निर्णय गरेको हो।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकले आयोगमा नेताहरु पठाउने लगायत आठ वटा प्रस्ताव पारित गरेको हो।
नयाँ दलको ४ सय ४१ केन्द्रीय सदस्यमध्ये बैठकमा उपस्थितहरुले हस्ताक्षर गरेर दल दर्ता गर्न पठाइने बैठकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताए।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया