आगामी वर्ष १९ मेमा विवाह गर्ने निश्चित –
बेलायती राजकुमार ह्यारी र अमेरिकी अभिनेत्री मेगन मर्केलको विवाहको मिति तोकिएको छ । केही समयअघि इन्गेजमेन्ट भए पनि विवाहको मिति निश्चित भएको थिएन । विवाह गर्ने पक्का भएपछि संयुक्त तस्बिर सार्वजनिक भएको तीन सातापछि उनीहरूको विवाहको मिति सार्वजनिक गरिएको छ । आगामी वर्ष १९ मेमा विवाह गर्ने निश्चित भएको हो ।
केन्जिङ्टन राजदरबारको पारिवारिक स्रोतले शुक्रबार जानकारी दिएअनुसार ह्यारी र मेगनको विवाह सेन्ट जर्ज चापेल विन्डसर कास्टलमा हुनेछ ।
वैवाहिक समारोहमा सांगीतिक कार्यक्रमसहित भोज हुने र सबै खर्च राजदरबारले नै बेहोर्ने भन्दै स्थानीय सञ्चार माध्यमले समाचार लेखेका छन् ।
ह्यारी र मेगनले यसपटकको क्रिसमस पनि औपचारिक रूपमा पहिलोपटक शाही परिवारसँगै मनाउनेछन् । बिहेपछि उनीहरू कन्जिङ्टन प्यालेसमा रहेको नटिंगम कटेजमा बस्नेछन् । अभिनेत्री मेगन जुलाई २०१६ देखि बेलायती राजगद्दीको पाँचौँ नम्बरका हकदार राजकुमार ह्यारीसँग प्रेम सम्बन्धमा छिन् ।
प्रतिक्रिया