स्याउडाँडा हवाईमैदान निर्माण

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ ३, २०७५
|
|
१७ पटक हेरिएको
Shares
स्याउडाँडा हवाईमैदान निर्माण

सारांश

  • पाँचथर, ३ जेठ ।
  • पाँचथर फिदिम नगरपालिका– ८ मा हवाईमैदान बन्ने भएपछि स्थानीय उत्साहित भएका छन् ।
  • २०६७ सालमा पहिलो पटक सम्भाव्यता अध्ययन भएर काम नभएको स्याउडाँडा हवाईमैदान पुन अध्यन भएपछि स्थानीय जनता उत्साहित भएका छन् ।

पाँचथर, ३ जेठ । पाँचथर फिदिम नगरपालिका– ८ मा हवाईमैदान बन्ने भएपछि स्थानीय उत्साहित भएका छन् ।

२०६७ सालमा पहिलो पटक सम्भाव्यता अध्ययन भएर काम नभएको स्याउडाँडा हवाईमैदान पुन अध्यन भएपछि स्थानीय जनता उत्साहित भएका छन् ।

नागरिक उड्डयन प्राधिकरणको रियलपाथ इञ्जिनियरिङ कन्सल्टेन्सीको टोलीले हवाईमैदानको पूरक सम्भाव्यता अध्ययन गरेको हो । इन्जिनियर ओजश्वीबाबु मल्लसहितको तीन सदस्य टोलीले एक हजार २०० मिटर लम्बाइ र २८० मिटर चौडाइको रनवेका लागि सम्भाव्यता अध्ययन गरेको पाँचथर हवाईमैदान समितिका सदस्य सूर्य अधिकारीले जानकारी दिए ।

यसअघि सो स्थानमा २०६७ सालमा समेत हवाईमैदानको सम्भाव्यता अध्ययन गरिएकोे थियो । त्यसबेला १८ जना क्षमताको जहाजलाई मात्र अवतरण गर्न र उडान भर्न सकिने गरी अध्ययन गरिएको थियो । अहिले ५० जना क्षमता भएको जहाजलाई अवतरण र उडान भर्न सकिने गरी हवाईमैदान निर्माणका लागि प्राधिकरणले पुनः अध्ययन गरेको अधिकारीले बताए ।

अध्ययन प्रतिवेदन पाँच महिनाभित्रमा नागरिक उड्डयन प्राधिकरणलाई बुझाइने र त्यसपछि हवाईमैदानको समग्र अध्ययन गरिने इञ्जिनियर मल्लले बताए । अध्ययनका क्रममा सबै हिसाबले स्याउडाँडा हवाईमैदान बनाउन उपयुक्त देखिएको छ । सर्वेपश्चात् स्याउडाँडा उपयुक्त स्थान ठहरिएपछि हवाईमैदान निर्माणका लागि स्थानीयवासी १०० रोपनी जग्गा निःशुल्क र बाँकी प्रतिरोपनी रु १० हजारका दरले जग्गा दिन सहमत भएका थिए ।

सम्भाव्यता अध्ययन भएको लामो समय बित्दा पनि हवाईमैदान निर्माणको काम अघि नबढ्दा स्थानीयवासी निराश भएका थिए । अहिले प्राधिकरणले पुनः सर्वे गरेपछि स्थानीयवासी खुशी भएका छन् । धावनमार्गसहित आवश्यक सम्पूर्ण संरचना तयार गर्न रु दुई अर्बदेखि रु तीन अर्बसम्म खर्च लाग्ने इञ्जिनियर मल्लले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?