ओली सरकारलाई ठूला कुरा नगरी समयको पालना गर्न बाबुरामको सुझाव
सारांश
- नयाँ शक्तिका संयोजक एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नयाँ सरकारलाई ठूला कुरा नगरी समय पालना गर्न सुझाव दिएका छन्।
- नयाँ सरकार गठनपछिको एक हप्ताको अनुभवले कुरा ठूला गर्ने तर, समयको पालना नगर्ने प्रवृत्ति देखिएको भन्दै बाबुरामले केपी ओली नेतृत्वको नयाँ सरकारलाई समयको पालना गर्न सुझाव दिएका हुन्।
- उनले समयमा काम नहुँदा कस्तो समृद्धि हुने भन्दै प्रश्नसमेत गरेका छन्।
नयाँ शक्तिका संयोजक एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नयाँ सरकारलाई ठूला कुरा नगरी समय पालना गर्न सुझाव दिएका छन्। नयाँ सरकार गठनपछिको एक हप्ताको अनुभवले कुरा ठूला गर्ने तर, समयको पालना नगर्ने प्रवृत्ति देखिएको भन्दै बाबुरामले केपी ओली नेतृत्वको नयाँ सरकारलाई समयको पालना गर्न सुझाव दिएका हुन्।
उनले समयमा काम नहुँदा कस्तो समृद्धि हुने भन्दै प्रश्नसमेत गरेका छन्। सामाजिक सञ्जाल ट्विटरमा पछिल्ला राजनीतिक गतिविधिलाई उदाहरण दिँदै बाबुरामले यस्तो सुझाव दिएका हुन्।
‘विगत एक हप्ताको अनुभव: १ प्रमको शपथ ग्रहण एक घण्टा ढिलो, २. सेना दिवस समारोह डेढ घण्टा ढिलो, ३. एयरपोर्टमा प्लेन डेढ घण्टा ढिलो !’, बाबुरामले ट्विटमा लेखेका छन्, ‘यसरी कस्तो समृद्धि होला ? त्यसैले ठूला कुरा गर्नुभन्दा पहिलो सबैतिर समय पालना गरौँ न ! नयाँ सरकारले यसको सुरुवात गरोस् न ! त्यसै Time is money भनिएको होइन र ?अन्नपूर्ण पोस्ट बाट
Khusal Ram Dangi
Good
Mallik Chauhan
Ramro sujhab belai ma ayeko sujhab.
Grg Prakash
सुझाव दिनु पर्दैन सर अब ढुक्क भएर सुते हुन्छ तपाइले चुनाब पुर्ब जनतालाइ यसो गर्छु भन्दै गर्नु भएको बाचा पनि अब ओलि सरकारले नै गर्नेछ ✊✊