लिभरपुल काराबाओ कप फुटबलको चौथो चरणमा प्रवेश

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन ९, २०७६
|
|
२२ पटक हेरिएको
Shares
लिभरपुल काराबाओ कप फुटबलको चौथो चरणमा प्रवेश

सारांश

  • एजेन्सी ।
  • इन्ग्लिश प्रिमियर लिग क्लब लिभरपुल काराबाओ कप फुटबलको चौंथो चरणमा प्रवेश गरेको छ ।
  • बुधबार राति भएको खेलमा लिग वान क्लब मिल्टन केएनेस डोन्सलाई २–० गोल अन्तरले पराजित गर्दै लिभरपुल चौंथो चरणमा पुगेको हो ।

एजेन्सी । इन्ग्लिश प्रिमियर लिग क्लब लिभरपुल काराबाओ कप फुटबलको चौंथो चरणमा प्रवेश गरेको छ ।

बुधबार राति भएको खेलमा लिग वान क्लब मिल्टन केएनेस डोन्सलाई २–० गोल अन्तरले पराजित गर्दै लिभरपुल चौंथो चरणमा पुगेको हो । मिल्टनको मैदानमा लिभरपुललाई जित दिलाउन जेम्स मिल्नर र कि जना होएभरले एक एक गोल गरे ।

खेलको ४१ औं मिनेटमा मिल्नरले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए । मिल्नरले सन् २०१० पछि क्लबका लागि पहिलो गोल गरेका हुन् । त्यसपछि खेलको ६९ औं मिनेटमा होएभरले गोल गर्दै लिभरपुललाई २–० को जित दिलाए । १७ वर्षीय युवा खेलाडी होएभरको यो सिनियर टिमबाट क्लबका लागि पहिलो गोल हो ।

अब लिभरपुलले चौंथो चरणमा आर्सनलसँग खेल्नेछ । नटिङघम फोरेष्टलाई ५–० गोल अन्तरले पराजित गर्दै आर्सनल यसअघि नै चौंथो चरणमा पुगिसकेको छ ।

(https://www.speedclean.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?