सङ्घीय संसद् सचिवालयलाई चीनद्वारा सवारीसाधन सहयोग

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २, २०८०
|
|
४५ पटक हेरिएको
Shares
सङ्घीय संसद् सचिवालयलाई चीनद्वारा सवारीसाधन सहयोग

सारांश

  • काठमाडौँ ।
  • चीन सरकारले सङ्घीय संसद् सचिवालयलाई सहयोगस्वरुप आठ वटा अत्याधुनिक विद्युतीय सवारीसाधन उपलब्ध गराएको छ ।
  • एक वर्षअघि नेपाल भ्रमणमा आउनुभएका चीनको जनकांग्रेसका स्थायी समितिका अध्यक्ष लि चान्सुले तत्कालीन सभामुख अग्निप्रसाद सापकोटासँगको भेटमा सचिवालयलाई सहयोग गर्ने प्रतिबद्धताअनुरुप ती सवारी साधन प्राप्त भएको हो ।

काठमाडौँ । चीन सरकारले सङ्घीय संसद् सचिवालयलाई सहयोगस्वरुप आठ वटा अत्याधुनिक विद्युतीय सवारीसाधन उपलब्ध गराएको छ ।

एक वर्षअघि नेपाल भ्रमणमा आउनुभएका चीनको जनकांग्रेसका स्थायी समितिका अध्यक्ष लि चान्सुले तत्कालीन सभामुख अग्निप्रसाद सापकोटासँगको भेटमा सचिवालयलाई सहयोग गर्ने प्रतिबद्धताअनुरुप ती सवारी साधन प्राप्त भएको हो ।

अध्यक्ष चान्सुको सहयोग गर्ने चाहना तथा तत्कालीन सभामुख सापकोटाको पहल र अनुरोधमा तीन वटा एयुभी र पाँच वटा विद्युतीय कार प्राप्त भएको राज्य व्यवस्था तथा सुशासन समितिका सचिव सुरजकुमार दुराले जानकारी दिए ।

करिब रु तीन करोड मूल्य बराबरका ती सवारीसाधन चीनले केही दिनअघि संसद् सचिवालयका कर्मचारी टोलीलाई नेपाल–चीन सीमा नाका केरुङमा हस्तान्तरण गरेको थियो ।

हाल ती सवारी साधन संसद् भवन परिसरमा रहेको र नम्बर प्लेट र दर्ताको काम भइरहेको जानकारी दिइएको छ । यसअघि चीनले सन् २०१६ मा पनि सचिवालयलाई सहयोगस्वरुप केही सवारी साधान उपलब्ध गराएको थियो ।

विसं २०७९ भदौ २७ देखि नेपाल भ्रमणमा आउँदा भएको भेटघाटका सिलसिलामा भएको कुराकानीपछि सहयोग गर्ने चाहना राखेपछि सचिवालयले उक्त प्रस्ताव गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्वकप छनोटमा अस्ट्रेलियाको आधा दर्जन गोल
विश्वकप छनोटमा अस्ट्रेलियाको आधा दर्जन गोल
लोकसेवाको आवेदन दिने एक लाख १८ हजार
लोकसेवाको आवेदन दिने एक लाख १८ हजार
राष्ट्रपतिले मेरो सरकार भन्दा विरोध गर्नेहरुलाई डा. युवराज संग्रौलाको यस्तो जवाफ
राष्ट्रपतिले मेरो सरकार भन्दा विरोध गर्नेहरुलाई डा. युवराज संग्रौलाको यस्तो जवाफ
ओलीलाई पछ्याउँदै चारभाइ,जस्ले कटाए अाधालाख’
माओवादीका सबै मन्त्री बिना विभागीय , कस्लाई के जिम्‍मेवारी हेर्नुहोस सूचीसहित !
माओवादीका सबै मन्त्री बिना विभागीय , कस्लाई के जिम्‍मेवारी हेर्नुहोस सूचीसहित !
किन परे काङ्ग्रेसका अध्यक्ष राहुल गान्धी पक्राउ ?
प्रधानमन्त्री जीवनसङ्गिनी सीताप्रति श्रद्धाञ्जली अर्पण
प्रधानमन्त्री जीवनसङ्गिनी सीताप्रति श्रद्धाञ्जली अर्पण
को हुन् सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएका शाह ?
को हुन् सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएका शाह ?
रिचार्जरको एप डाउनलोड गर्दा सय रुपैयाँ क्यास ब्याक, मोबाइलमा जत्तिको रिचार्ज गर्यो त्यति नै फिर्ता पनि
रिचार्जरको एप डाउनलोड गर्दा सय रुपैयाँ क्यास ब्याक, मोबाइलमा जत्तिको रिचार्ज गर्यो त्यति नै फिर्ता पनि
बाल मन्दिर जग्गा हिनामिना प्रकरणः पक्राउ पुर्जी जारी भएकामध्ये तीन जना पक्राउ
बाल मन्दिर जग्गा हिनामिना प्रकरणः पक्राउ पुर्जी जारी भएकामध्ये तीन जना पक्राउ