औषधि र उपकरण किन्दा यस्तो मनपरि

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख ४, २०७५
|
|
२६ पटक हेरिएको
Shares
औषधि र उपकरण किन्दा यस्तो मनपरि

सारांश

  • काठमाडौं – स्वास्थ्य सेवा प्रवाहमा आवश्यक औषधि र उपकरण खरिदका लागि विनियोजित बजेटबाट स्वास्थ्य मन्त्रालयअन्तर्गतका कार्यालयहरुले मनपरी खरिद गरी अर्बाैं रुपैयाँ अनियमितता  गरेको पाइएको छ।
  • खरिद गरेको उपकरण बिग्रिएको थाहा हुँदाहुँदै भुक्तानी दिएको, बिनाप्रतिस्पर्धा करोडौंका सामान खरिद गरेको, लागत अनुमानभन्दा बढीको टेन्डर स्वीकृत गरेको, आपूर्तिकर्ताबाट कानुनअनुसार क्षतिपूर्ति नलिई भुक्तानी गरेर अनियमितता भएको महालेखा परीक्षकको ५५ औं वार्षिक प्रतिवेदनले आैंल्याएको छ।
  • गुणस्तरहीन औषधि र पर्याप्त मौज्दात सामग्रीसमेत खरिद गरेर अनियमितता गरेको प्रतिवेदनमा उल्लेख छ।

काठमाडौं – स्वास्थ्य सेवा प्रवाहमा आवश्यक औषधि र उपकरण खरिदका लागि विनियोजित बजेटबाट स्वास्थ्य मन्त्रालयअन्तर्गतका कार्यालयहरुले मनपरी खरिद गरी अर्बाैं रुपैयाँ अनियमितता  गरेको पाइएको छ।

खरिद गरेको उपकरण बिग्रिएको थाहा हुँदाहुँदै भुक्तानी दिएको, बिनाप्रतिस्पर्धा करोडौंका सामान खरिद गरेको, लागत अनुमानभन्दा बढीको टेन्डर स्वीकृत गरेको, आपूर्तिकर्ताबाट कानुनअनुसार क्षतिपूर्ति नलिई भुक्तानी गरेर अनियमितता भएको महालेखा परीक्षकको ५५ औं वार्षिक प्रतिवेदनले आैंल्याएको छ। गुणस्तरहीन औषधि र पर्याप्त मौज्दात सामग्रीसमेत खरिद गरेर अनियमितता गरेको प्रतिवेदनमा उल्लेख छ।

सार्वजनिक खरिद नियमअनुसार कुनै पनि कम्पनीबाट सामान खरिद गर्दा आधिकारिक विक्रेताबाट गुणस्तर, मूल्य र सुविधा विवरण (क्याटलग सपिङ) सहितको आर्थिक प्रस्ताव आह्वान गरी खरिद गर्नुपर्नेमा त्यसको उल्लंघन गरेको महालेखाले औंल्याएको छ। स्वास्थ्य सेवा विभागले बिनाप्रतिस्पर्धा करिब १६ करोड बराबरको उपकरण खरिद गरेको छ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले २०७४ असार २६ मा स्वीकृत गरेको कार्यविधिमा ६० लाख रुपैयाँसम्मको सवारीसाधन, ४० लाख रुपैयाँसम्मको एक्सरे मेसिन र २५ लाख रुपैयाँसम्मको मेसिनरी औजार एकैपटक वा पटकपटक गरी क्याटलग सपिङ विधिबाट खरिद गर्नुपर्ने उल्लेख छ। तर कार्यविधि स्वीकृत हुनुअघि नै आपूर्तिकर्ताबाट आठ प्रकारका १९ करोड २६ लाख रुपैयाँको मेसिन उपकरण क्याटलग विधिबाट खरिद गरी १५ करोड ६६ लाख ८० हजार खर्च विवरण देखाएको महालेखाले औंल्याएको छ। ‘वार्षिक खरिद योजनामा यस प्रकारको खरिद कार्य उक्त प्रक्रियाबाट गर्ने उल्लेख नभएको र यो वर्ष सामान प्राप्त हुने अवस्था नरहेकोमा कार्यविधि जारी हुनुअगावै तोकिएको सीमाभन्दा बढी रकमको खरिद गर्नु कानुनअनुकूल देखिएन,’ प्रतिवेदनमा उल्लेख छ।

आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मतदाता शिक्षा र परिचयपत्र वितरण गर्न सुरु
मतदाता शिक्षा र परिचयपत्र वितरण गर्न सुरु
ओडिशामा वर्षा हुन थालेपछि जलसेनाले युद्धमा प्रयोग गर्ने विमान र हेलिकप्टर परिचालन
ओडिशामा वर्षा हुन थालेपछि जलसेनाले युद्धमा प्रयोग गर्ने विमान र हेलिकप्टर परिचालन
गोरखा नगरपालिकामा काँग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा
गोरखा नगरपालिकामा काँग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा
सङ्क्रमण घटेपछि खोप ल्याइएन
सङ्क्रमण घटेपछि खोप ल्याइएन
द भ्वाइस अफ नेपाल सिजन–२ साउन ३१ गतेबाट हिमालय टीभीमा प्रसारण हुँदै
द भ्वाइस अफ नेपाल सिजन–२ साउन ३१ गतेबाट हिमालय टीभीमा प्रसारण हुँदै
भैंसी चराइरहेका बाउछोरालाई जिपले ठक्कर दिंदा मृत्यु
भैंसी चराइरहेका बाउछोरालाई जिपले ठक्कर दिंदा मृत्यु
पाेखरा प्रिमियर लिग खेलिरहेका पारसकाे हातमा विश्वकप क्रिकेटको ट्रफी !
पाेखरा प्रिमियर लिग खेलिरहेका पारसकाे हातमा विश्वकप क्रिकेटको ट्रफी !
जसपाले सरकारलाई विश्वासको मत दिने
जसपाले सरकारलाई विश्वासको मत दिने
शनिबार विहान ११ बजे बस्नेगरि नेकपा स्थायी कमिटी बैठक स्थगित्
शनिबार विहान ११ बजे बस्नेगरि नेकपा स्थायी कमिटी बैठक स्थगित्
कांग्रेस बिरुद्ध कुनै पनि कार्य गरेमा साधारण सदस्य समेत नरहने गरी निस्काशन गरिने
कांग्रेस बिरुद्ध कुनै पनि कार्य गरेमा साधारण सदस्य समेत नरहने गरी निस्काशन गरिने

तपाईंले छुटाउनुभयो कि?