कँडेलले न्याय पाउनुहुन्छ : मन्त्री गुरुङ

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ३१, २०८०
|
|
२२ पटक हेरिएको
Shares
कँडेलले न्याय पाउनुहुन्छ : मन्त्री गुरुङ

सारांश

  • चितवन ।
  • स्व शङ्कर कँडेलले न्याय पाउने नेपाली कांग्रेसका नेताहरुले बताएका छन् ।
  • नेपाली कांग्रेस चितवन क्षेत्र नं ३ ले आज भरतपुर महानगरपालिका–८ स्थित कँडेल निवासमा आयोजना गरेको शोक सभामा बोल्दै कांग्रेसका नेताहरूले यस्तो बताएका हुन् ।

चितवन । स्व शङ्कर कँडेलले न्याय पाउने नेपाली कांग्रेसका नेताहरुले बताएका छन् । नेपाली कांग्रेस चितवन क्षेत्र नं ३ ले आज भरतपुर महानगरपालिका–८ स्थित कँडेल निवासमा आयोजना गरेको शोक सभामा बोल्दै कांग्रेसका नेताहरूले यस्तो बताएका हुन् ।

सभामा बोल्दै कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले स्व कँडेललाई अन्याय हुन नदिने बताए । उनले भने, “परिवारले दिएको किटानी जाहेरीमा रहेका दोषीले उन्मुक्ति पाउने छैनन् ।” किटानीमा उल्लेख भएकाले उन्मुक्ति पाउने गरी छानबिन नहुने उनको भनाइ थियो । नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका मन्त्री गुरुङले अहिलेको अवस्थामा उत्तेजना र भावनामा बगेर नभई गम्भीर भएर छानबिन गरिने बताए ।

कँडेलको निधनले चितवनवासीलाई मात्रै नभएर सिङ्गो कांग्रेसलाई क्षति भएको उनको भनाइ थियो । उनको निधनले सिङ्गो व्यावसायिक क्षेत्रसमेत मर्माहत बनेको भन्दै मन्त्री गुरुङले परिवारको साथमा कांग्रेस रहेको बताए ।

सभामा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कँडेलको निधनको विषयमा उठेका कुराहरूमा कानूनसम्मत छानबिन हुने बताए । उठेको विषय कानूनसम्मत तवरले छिनोफानो नहुँदासम्म नेपाली कांग्रेससँगै उभिने बताए । किटानी जाहेरीमा परेका व्यक्तिहरूलाई पक्राउ गर्न सरकारलाई कांग्रेसले दबाब दिइरहेको उनको भनाइ थियो ।

किटानी जाहेरी परेका व्यक्ति अनुसन्धानको दायरामा आउनुपर्छ भन्ने कांग्रेसको मान्यता रहेको उनले बताए । पार्टीलाई केही दिन्छु भनेर हिँडेका व्यक्तिहरूलाई न्याय दिँदै पार्टीमा आएर केही कमाउँछु भन्ने प्रवृत्तिलाई दण्डित गर्ने गरी कांग्रेस लागेको उनको भनाइ थियो । उनले भने, “पार्टीभित्र आएर दुई पैसा कमाउन खोज्ने प्रवृत्ति मौलाउँदै गएको यो समयमा शङ्करजी जस्ता मान्छे अट्ने ठाउँ बनाउन आवश्यक छ ।” अपराधमा संलग्नहरूलाई कानरूनी दायरामा ल्याउन आवश्यक रहेको उनको भनाइ थियो ।

कार्यक्रममा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य उमा रेग्मी, नेकपा (माओवादी केन्द्र) की पोलिटब्यूरो सदस्य रेनु दाहाल, नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, निवर्तमान सभापति जीतनारायण श्रेष्ठ, नेपाली कांग्रेस चितवन क्षेत्र नं ३ का क्षेत्रीय सभापति लालबहादुर दवाडी र स्व कँडेलका भाइ युवराज कँडेललगायतले बोलेका थिए ।

व्यवसायी एवं नेपाली कांग्रेसका महासमिति सदस्य कँडेलले यही वैशाख १९ गते आफ्नै कार्यालयमा देहत्याग गरेका थिए । बाउन्न वर्षीय कँडेलले केही महिनाअघि आफ्नो नेतृत्वको अनमोल फिड्स प्रालिको शेयर प्रदीप रुङ्टालाई बेचेका थिए । शेयर बिक्रीपछि आन्तरिक हिसाब मिलानका क्रममा रुङ्टा र सोही कम्पनीका चार्टर्ड एकाउन्टेन्ट जीवन रावलले मानसिक दबाब दिएको उनको सुसाइड नोटमा उल्लेख भएको प्रहरीले जनाएको छ । भरतपुर महानगरपालिका–८ निवासी कँडेलका एक छोरा, एक छोरी, एक आमा र श्रीमती छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोना कहरः आजै १० जना थपिए कोरोना संक्रमित
कोरोना कहरः आजै १० जना थपिए कोरोना संक्रमित
पुलिसकाे अाँखामा खुर्सानि हालेर हत्यारा भगाएपछि…
पुलिसकाे अाँखामा खुर्सानि हालेर हत्यारा भगाएपछि…
राष्ट्रियसभा उपाध्यक्षमा माओवादी केन्द्रकै शशिकला, अझै लागेन मन्त्रीको अन्तिम टुङ्गो
राष्ट्रियसभा उपाध्यक्षमा माओवादी केन्द्रकै शशिकला, अझै लागेन मन्त्रीको अन्तिम टुङ्गो
‘महाजात्रा’ विदेशमा प्रदर्शनको तयारी
‘महाजात्रा’ विदेशमा प्रदर्शनको तयारी
यसकारण हुन्छ प्रचण्ड निवास पुग्दा राष्ट्रकाे बेइज्जत !
यसकारण हुन्छ प्रचण्ड निवास पुग्दा राष्ट्रकाे बेइज्जत !
विश्व कीर्तिमानी लाक्पा देन्डीको संघर्ष र सफलता समेट्दै पुस्तक ‘हिमालयन म्याभरीक’ सार्वजनिक
विश्व कीर्तिमानी लाक्पा देन्डीको संघर्ष र सफलता समेट्दै पुस्तक ‘हिमालयन म्याभरीक’ सार्वजनिक
नेप्सेमा १६ दशमलव ९३ अङ्कको गिरावट
नेप्सेमा १६ दशमलव ९३ अङ्कको गिरावट
गाजामा ‘युद्धविराम’ को समाचार इजराइलद्वारा अस्वीकार
गाजामा ‘युद्धविराम’ को समाचार इजराइलद्वारा अस्वीकार
प्रचण्डसँग हारेका एमाले नेता ओलीले तोडे बीसौं वर्ष सम्मको माओवादी आधार इलाका !
प्रचण्डसँग हारेका एमाले नेता ओलीले तोडे बीसौं वर्ष सम्मको माओवादी आधार इलाका !
राजश्व छली रोक्न २१ पाइले अभियान सुरु
राजश्व छली रोक्न २१ पाइले अभियान सुरु

तपाईंले छुटाउनुभयो कि?