राष्ट्रपति पौडेललाई कोप-२८ मा निमन्त्रणा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण १६, २०८०
|
|
४६ पटक हेरिएको
Shares
राष्ट्रपति पौडेललाई कोप-२८ मा निमन्त्रणा

सारांश

  • काठमाडौँ ।
  • राष्ट्रपति रामचन्द्र पौडेललाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय शिखर सम्मेलन (कोप–२८) मा निमन्त्रणा गरिएको छ ।
  • संयुक्त राष्ट्र जलवायु परिवर्तन सम्मेलन आगामी नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिखसम्म संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा हुँदैछ ।

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय शिखर सम्मेलन (कोप–२८) मा निमन्त्रणा गरिएको छ ।

संयुक्त राष्ट्र जलवायु परिवर्तन सम्मेलन आगामी नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिखसम्म संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा हुँदैछ । नेपालका लागि यूएईका राजदूत अब्दुल्ला सइद मुबारक जर्वान अल शाम्सीले आज राष्ट्रपतिसँग भेट गरी सो निमन्त्रणा गरेको राष्ट्रपतिका परराष्ट्र विज्ञ डा सुरेश चालिसेले जानकारी दिए ।

विश्व जलवायु कार्य शिखर सम्मेलनमा सहभागी हुन संयुक्त अरब इमिरेट्सका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानले पठाएको पत्र राष्ट्रपति पौडेललाई राजदूतले हस्तान्तरण गरेका हुन् ।

राष्ट्रपति पौडेललाई जलवायु सम्मेलनका अवसरमा औपचारिक रूपमा सुरु हुने ‘वल्र्ड क्लाइमेट एक्सन समिट’ तथा डिसेम्बर १ र २ मा आयोजना हुने युएईको ५२औँ राष्ट्रिय दिवसको विशेष समारोहमा सहभागिताका लागि निमन्त्रणा गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पहिला विमानस्थल पुग्ने सडक मर्मत गर्नुस् : मन्त्री श्रेष्ठ
पहिला विमानस्थल पुग्ने सडक मर्मत गर्नुस् : मन्त्री श्रेष्ठ
पोखरामा नेवा सुन्दरीको ट्यालेन्ट शो
हेलिकोप्टर दुर्घटना अपडेट : घाइतेको उद्धार हुँदै
हेलिकोप्टर दुर्घटना अपडेट : घाइतेको उद्धार हुँदै
पाइपलाइन र भण्डारण गृह बनाइँदै
पाइपलाइन र भण्डारण गृह बनाइँदै
आचारसंहिता हास्यव्यङ्ग्यको पुलिन्दा होइन: प्रधानसेनापति
आचारसंहिता हास्यव्यङ्ग्यको पुलिन्दा होइन: प्रधानसेनापति
कालीगण्डकी प्रसारण आयोजना ४५ प्रतिशत पूरा
कालीगण्डकी प्रसारण आयोजना ४५ प्रतिशत पूरा
सांसद योगेश भट्टराईले अन्सारीलाई भने, ‘तपाइँ कानुनी धरापमा पर्नुहुन्छ पछाडि हटनुस्’
सांसद योगेश भट्टराईले अन्सारीलाई भने, ‘तपाइँ कानुनी धरापमा पर्नुहुन्छ पछाडि हटनुस्’
जाेशी प्रकरण: शैक्षिक प्रमाणपत्रविरुद्ध अहिलेसम्म कुनै उजुरी नै परेकाे छैन: भिमसेनदास प्रधान
जाेशी प्रकरण: शैक्षिक प्रमाणपत्रविरुद्ध अहिलेसम्म कुनै उजुरी नै परेकाे छैन: भिमसेनदास प्रधान
प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष श्रेष्ठको रातो पासपोर्ट खारेज
प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष श्रेष्ठको रातो पासपोर्ट खारेज
डडेल्धुरामा आगलागी हुँदा २० लाखको क्षति
डडेल्धुरामा आगलागी हुँदा २० लाखको क्षति