सेयर ४१ अङ्कले घट्यो

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र १३, २०७८
|
|
२६ पटक हेरिएको
Shares

सारांश

  • काठमाण्डाै – हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ ।
  • शेयर बजार परिसूचक नेप्से आज आइतवार ४१ दशमलव ४३ अङ्कले घटेर दुई हजार पाँच सय ७२ दशमलव २३ विन्दुमा झरेको छ ।
  • आज निर्जीवन बीमाबाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक, उत्पादन र जलविद्युत् समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

काठमाण्डाै – हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार ४१ दशमलव ४३ अङ्कले घटेर दुई हजार पाँच सय ७२ दशमलव २३ विन्दुमा झरेको छ ।

आज निर्जीवन बीमाबाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक, उत्पादन र जलविद्युत् समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । बजार घटेपनि कारोबार रकममा भने उल्लेख्य सुधार आएको छ । पछिल्ला केही हप्ता औसतमा दैनिक तीन अर्ब रुपैयाँको कारोबार भइरहेकोमा आज दुई सय ३२ वटा कम्पनीका ८९ लाख २३ हजार कित्ता शेयर चार अर्ब ९८ करोड ९५ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै अपी पावर कम्पनीको २७ करोड ५६ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज मल्टिपर्पोज फाइनान्सको शेयर सबैभन्दा धेरै साढे पाँच प्रतिशतले घटेको छ । समग्र बजार घट्दा पनि जीवन विकास र राष्ट्र उत्थान लघुवित्त तथा इमर्जिङ नेपाल कम्पनीको शेयर १० प्रतिशतले बढेर सर्किट लागेको छ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?