कंकालीमा वनभोज गएका किशोरको डुवेर मृत्यु

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक ८, २०७४
|
|
२३ पटक हेरिएको
Shares
कंकालीमा वनभोज गएका किशोरको डुवेर मृत्यु

सारांश

  • ८ कात्तिक, चितवन ।
  • चितवनको कंकाली सामुदायिक वनमा वनभोज खान गएका एक किशोरको बुधबार दिउँसो स्वीमिङ पुलमा डुवेर मृत्यु भएको छ ।
  • नवलपरासीको कावासोती नगरपालिका-८ का १७ वर्षीय शिशिर कंडेलको स्वीमिङ पुलमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय खैरहनीले जानकारी दिएको छ ।

८ कात्तिक, चितवन । चितवनको कंकाली सामुदायिक वनमा वनभोज खान गएका एक किशोरको बुधबार दिउँसो स्वीमिङ पुलमा डुवेर मृत्यु भएको छ ।

नवलपरासीको कावासोती नगरपालिका-८ का १७ वर्षीय शिशिर कंडेलको स्वीमिङ पुलमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय खैरहनीले जानकारी दिएको छ ।

कंडेल गैंडाकोटको नमूना कलेजमा कक्षा ११ मा विज्ञान विषयका विद्यार्थी हुन ।

कार्यालयका प्रमुख यदुकृष्ण भट्टका अनुसार दिउँसो सवा २ बजेतिर सो घटना भएको हो ।

साथीहरुसहित वनभोज आएका कंडेल दिउँसो पौडी खेल्न भन्दै पुलमा पसेका थिए ।

उनी डुबेपछि साथीहरुले उद्धार गरी उपचारका लागि पूरानो मेडिकल कलेजमा लगिएको भएपनि उनलाई चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।

करीव ४० जना युवाहरु वनभोज गएका थिए । नमूना मावि तथा कलेजका सञ्चालक निर्मल पाण्डेले कलेज सञ्चालनमा नै रहेपनि कंडेल कलेज नै नआई वनभोज गएको बताए ।

सो सामुदायिक वनभित्र यसअघि पनि यस्तैं घटना हुँदै आएको स्थानीय वताउँछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?