टी-२० विश्वकप महिला छनोट: नेपालको पहिलो जित

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर ८, २०७४
|
|
२८ पटक हेरिएको
Shares
टी-२० विश्वकप महिला छनोट: नेपालको पहिलो जित

सारांश

  • काठमाडौं: थाइल्याण्डको बैंककमा जारी आइसिसी महिला विश्व टी-२० एसिया छनोट प्रतियोगितामा नेपालले पहिलो जित हात पारेको छ।
  • शुक्रबार भएको खेलमा नेपालले मलेसियालाई ३३ रनले पराजित गरेको हो।
  • टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले १ सय ८ रन बनाएको थियो।

काठमाडौं: थाइल्याण्डको बैंककमा जारी आइसिसी महिला विश्व टी-२० एसिया छनोट प्रतियोगितामा नेपालले पहिलो जित हात पारेको छ। शुक्रबार भएको खेलमा नेपालले मलेसियालाई ३३ रनले पराजित गरेको हो।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले १ सय ८ रन बनाएको थियो। नेपालले पुरा २० ओभर खेल्दै ६ विकेटको क्षतिमा मध्यम स्कोर तयार गरेको थियो। १सय ९ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ७ विकेटको क्षतिमा ७५ रन मात्र बनाउन सक्यो। नेपालकी करुणा भण्डारीले ३ विकेट लिइन्। सोनु खड्का, सीता रानामगर, नेरी थापा र ऋतु कनौजियाले १–१ विकेट लिए।

नेपालका लागि ज्योति पाण्डे र सीता रानामगरको प्रारम्भिक जोडीले ६६ रनको साझेदारी गरेको थियो। विकेटकिपर ब्याट्सवुमन ज्योति २१ रन बनाएर क्याच आउट भइन्।

छनोट प्रतियोगितामा ८ टिमबीच प्रतिस्पर्धा हुनेछ। ६ टिम भने छनोट भइसकेका छन्। जसमा बंगलादेश, आयरल्यान्ड, पपुवा न्युगिनी, स्कटल्यान्ड, नेदरल्यान्ड्स र युगान्डा छन्।

अब नेपालले अन्तिम खेलमा आइतबार चीनसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?