दुई वर्षैदेखि अभिनयमा स्मृति, पाँचौ अभिनयमा आयो तीज गीत (भिडियोसहित)

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २२, २०७५
|
|
५५ पटक हेरिएको
Shares
दुई वर्षैदेखि अभिनयमा स्मृति, पाँचौ अभिनयमा आयो तीज गीत (भिडियोसहित)

सारांश

  • काठमाडौं, २२ साउन ।
  • कलाकारिता भनेको मनबाटै आउने कुरा हो ।
  • त्यसैले होला दुई वर्षको हुँदा नै अभिनय थालेकी स्मृति पाण्डेले धरै गीतमा अभिनय गरिसकेकी छन् ।

काठमाडौं, २२ साउन । कलाकारिता भनेको मनबाटै आउने कुरा हो । त्यसैले होला दुई वर्षको हुँदा नै अभिनय थालेकी स्मृति पाण्डेले धरै गीतमा अभिनय गरिसकेकी छन् । अहिले गायक स्मृति पाण्डेको “तेरी स्वास्नी” भाग ५ मा पनि अभिनय गरेकी छिन् ।

धेरै नेपालीको विदेशिनुपर्ने बाध्यता, पीडा, साहुको ऋण बोकेर विदेशिएका दाजुभाइका श्रीमतीले पसिनाको मूल्य नै नबुझ्ने र बुढो बिदेशबाट आउँदा श्रीमती नै धनसम्पति कुम्लाएर अर्कोसँग हिडेको समाचार सुनिरहँदा विगत लामो समयबाट परदेशीका कथाव्यथालाई समेटेर तयार पारेको गीत “तेरी स्वास्नी” भाग ५ बजारमा आएको छ ।

ऋणधन खोजेर घरबारी बन्धकी राखेर परिवारको सुखद भबिष्यको खोजीमा श्रीमती/छोरा छोरी शहरमा राखी बिरानो मुलुकमा कामको खोजी गर्न जाने गरेको तीतो यथार्थ हाम्रो समाजमा रहेको छ । परदेशीका श्रीमती अर्कै केटासँग पल्किने, दुःख गरेर कमाएको पैसा मोजमस्तीमा उडाउने गरेका सत्य घटना हाम्रो समाजमा धेरै हेर्दै र भोग्दै आएका छौं ।

यस्तै वर्तमान परिस्थितिलाई कथावस्तु बनाई हरेक बर्ष आफ्नो गीत/सङ्गीतबाट सन्देश दिँदै आएका गायक नमराज पाण्डेले यसपालि पनि तेरी स्वास्नी भाग– ५ बजारमा आएको छ । श्रीमती बिग्रेको र घरबार नै तहसनहस भएका घटना सुन्दा परदेशी दाजुभाइको मन चसक्क हुन सक्छ तर यो सत्य घटना हो । यसपालि कान्छी श्रीमती बिहे गर्दाको पीडा कथासहित समावेश गीत समय सान्दर्भिक र सन्देशमूलक रहेको गायक पाण्डेले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?