कङ्गोमा निर्वाचनको मिति तय
सारांश
- काठमाडौं ।
- सरकारविरुद्ध प्रर्दशन बढ्दै गएपछि कङ्गोको सरकारले यही डिसेम्बर ३० मै निर्वाचन गराउने भएको छ ।
- निर्वाचन पछाडि सार्ने निर्णयलाई सच्याउँदै सरकारले डिसेम्बर ३० मै निर्वाचन गर्ने निश्चित भएको राष्ट्रपति जोसेफ काबिलाले पुष्टी गरेका छन् ।
काठमाडौं । सरकारविरुद्ध प्रर्दशन बढ्दै गएपछि कङ्गोको सरकारले यही डिसेम्बर ३० मै निर्वाचन गराउने भएको छ । निर्वाचन पछाडि सार्ने निर्णयलाई सच्याउँदै सरकारले डिसेम्बर ३० मै निर्वाचन गर्ने निश्चित भएको राष्ट्रपति जोसेफ काबिलाले पुष्टी गरेका छन् ।
कङ्गोमा राष्ट्रपतीय निर्वाचनको मिति घोषणा गरे पनि सुनिश्चत नभएपछि विवाद चर्किदै गएर विपक्षीहरू आन्दोलनमा उत्रिएका छन् । राष्ट्रपति काबिलाले निर्धारित समयमै निर्वाचन हुनेमा आफू विश्वस्त रहेको बताएका छन् ।
राष्ट्रपति काबिला विगत १७ वर्षदेखि राष्ट्रपतिको रूपमा रहेका छन् । उनले निश्पक्ष, स्वतन्त्र निर्वाचन गराउनेमा विपक्षीहरूले आशङ्का व्यक्त गरेका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया