सीता एअरले असार १५ देखि सुर्खेतवाट हवाई सेवा शुरु गर्ने !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ १५, २०७५
|
|
१९ पटक हेरिएको
Shares
सीता एअरले असार १५ देखि सुर्खेतवाट हवाई सेवा शुरु गर्ने !

सारांश

  • सुर्खेत, १५ जेठ ।
  •    कर्णाली प्रदेशका विकट जिल्लाहरु जुम्ला, हुम्ला, मुगु र डोल्पामा सीता एअरले प्रदेश राजधानी सुर्खेतवाट हवाई सेवा शुरु गर्ने प्रतिवद्धता गरेको छ ।
  • सीता एअरले असार १५ देखि प्रदेश राजधानी सुर्खेतवाट हवाई सेवा शुरु गर्ने प्रतिवद्धता गरेको हो ।

सुर्खेत, १५ जेठ ।   कर्णाली प्रदेशका विकट जिल्लाहरु जुम्ला, हुम्ला, मुगु र डोल्पामा सीता एअरले प्रदेश राजधानी सुर्खेतवाट हवाई सेवा शुरु गर्ने प्रतिवद्धता गरेको छ ।

सीता एअरले असार १५ देखि प्रदेश राजधानी सुर्खेतवाट हवाई सेवा शुरु गर्ने प्रतिवद्धता गरेको हो ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीको पहलमा मंगलवार मुख्यमन्त्री कार्यालयमा भएको छलफल पछि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका उपसचिव वेसिन्दराज सुवेदी र सीता एअर प्रा लि का वरिष्ठ महाप्रवन्धक घनश्याम आचार्यले हवाईसेवा संचालन सम्वन्धि प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

प्रतिवद्धतापत्र हस्ताक्षर कार्यक्रममा मुख्यमन्त्री महेन्द्रवहादुर शाही, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिं वुढा र सीता एअरका प्रवन्ध निर्देशक राजेन्द्रवहादुर सिंह प्रमुख वजार व्यवस्थापक रिजेश थापा उपस्थिति रहेको थियो ।

प्रतिवद्धता पत्रमा कर्णाली प्रदेशमा पर्यटन र हवाई यातायात सेवाको अभिवृद्धि गर्न प्रदेश राजधानीवाट जिल्ला सदरमुकामहरुमा रहेका विमानस्थलमा डोर्निएर २२८ को जहाजवाट उडान गर्ने उल्लेख गरिएको छ । सीता एअरले यस अघि नेपालगंजवाट हवाई सेवा संचालन गरिरहेको थियो ।

प्रदेश राजधानी सुर्खेतवाट सिधै हवाई यातायात संचालन भएपछि दुर्गम जिल्लाका नागरीकहरुलाई नेपालगंज पुगेर सुर्खेत आउनुपर्ने समस्यावाट राहात मिल्ने भएको छ । यसअघि कर्णाली प्रदेशका डोल्पा, जुम्ला, मुगु र हुम्ला जिल्लाका नागरिकहरुले हवाई सेवाको प्रयोग गरि सुर्खेत आवागमण गर्दा नेपालगंजदेखि सुर्खेत सम्म ३ घण्टाको सडक यातायात प्रयोग गर्नुपर्ने अवस्था रहेको थियो ।

प्रदेश राजधानी सुर्खेतवाट सिधै यात्रा गर्दा भाडादर पनि सस्तो पर्ने सीता एअरका वरिष्ठ महाप्रवन्धक घनश्याम आचार्यले वताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?