लामिछानेविरुद्ध मुद्दा दायर, आजदेखि थुनछेक बहस हुने
सारांश
- काठमाडौं।
- जिल्ला अदालत काठमाडौँमा राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको छ।
- किशोरी बलात्कार गरेको आरोपमा लामिछानेविरुद्ध उक्त मुद्दा दायर गरिएको हो ।
काठमाडौं। जिल्ला अदालत काठमाडौँमा राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको छ। किशोरी बलात्कार गरेको आरोपमा लामिछानेविरुद्ध उक्त मुद्दा दायर गरिएको हो । मुद्दामाथि आजदेखि थुनछेक बहस हुनेछ।
सरकारी वकिल कार्यालयले दर्ता गरेको मुद्दामा लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद हुनुपर्ने माग गरिएको छ। सरकारी वकिललाई प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनमा सोही माग राखिएको थियो।
प्रहरी हिरासतमा रहेका लामिछानेले भने आफूविरुद्ध लागेको बलात्कार आरोप अस्वीकार गरेका गर्दै आफू निर्दोष रहेको आफूले बलात्कार नगरेको बयान दिएका छन्। लामिछानेलाई नाबालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा जाहेरी परेपछि न्यायिक हिरासतमा राखिएको छ। प्रहरीले उनलाई गत असोज २० गते अन्तर्राष्ट्रिय विमानस्थलबाटै प्रक्राउ गरेको थियो।
प्रतिक्रिया