प्राधिकरणद्धारा रु १५ करोड क्षति भएको बिवरण सार्वजनिक

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र १८, २०७५
|
|
३४ पटक हेरिएको
Shares
प्राधिकरणद्धारा रु १५ करोड क्षति भएको बिवरण सार्वजनिक

सारांश

  • काठमाडौँ, १८ चैत ।
  • आइतबार साँझ आएको हावाहुरीका कारण नेपाल विद्युत् प्राधिकरणको रु १५ करोड बराबरको क्षति भएको जनाएको छ ।
  • बारा र पर्सा भएर प्रवाहित भएका प्राधिकरणको प्रसारण लाइन तथा अन्य भौतिक संरचनामा ठूलो मात्रामा क्षति भएको प्राधिकरणले क्षतिको बिवरण सार्वजनिक गरेको हो ।

काठमाडौँ, १८ चैत । आइतबार साँझ आएको हावाहुरीका कारण नेपाल विद्युत् प्राधिकरणको रु १५ करोड बराबरको क्षति भएको जनाएको छ । बारा र पर्सा भएर प्रवाहित भएका प्राधिकरणको प्रसारण लाइन तथा अन्य भौतिक संरचनामा ठूलो मात्रामा क्षति भएको प्राधिकरणले क्षतिको बिवरण सार्वजनिक गरेको हो ।

अहिले क्षतिग्रस्त भएका प्राधिकरणको संरचना तत्काल मर्मत गरी विद्युत् आपूर्ति नियमित गराउनका लागि प्राधिकरणको हेटाँैडास्थित क्षेत्रीय कार्यालयको टोली तथा बारा र पर्साको टोली आँधी हुरी प्रभावित क्षेत्रमा रहेका छन ।वीरगञ्जमा हावाहुरीका कारण विद्युत् प्रवाहमा समस्या आएको छ भने बाराको सदरमुकाम कलैयामा विद्युत् आपूर्ति नियमित रहेको छ ।

हुरीबतासका कारण परवानीपुर–वीरगञ्ज ६६ केभी डबल सर्किट प्रसारण लाइनमा क्षति पुगी विद्युत् आपूर्तिमा समस्या आएको छ । यस्तै वीरगञ्ज–कलैया ३३ केभी प्रसारण लाइनमा समेत क्षति पुगेका कारण विद्युत् आपूर्तिमा समस्या आएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी गराएका छन ।

भारतबाट विद्युत् आयात हुने १३२ केभी रक्सौल–परवानीपुर प्रसारण लाइनको ठूलो टावरमा समेत क्षतिग्रस्त भएको छ । सोही कारण विद्युत् आपूर्तिमा समस्या आएको छ । कलैया वितरण केन्द्रअन्तर्गतको विद्युत् प्रणालीमा मात्र एक हजार ५०० खम्बा ढलेको जनाइएको छ ।

आज साँझसम्म केही स्थानमा र मङ्गलबार अबेरसम्म सकेसम्म सबै स्थानमा विद्युत् आपूर्ति गर्ने प्राधिकरणको तयारी रहेको
छ । बारा र पर्साका क्षेत्रका बाहेक देशभर विद्युत् प्रणालीमा कुनै पनि समस्या नरहेको प्राधिकरणले स्पष्ट पारेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कौशलटारमा आगलागी, ६ करोडको क्षति
कौशलटारमा आगलागी, ६ करोडको क्षति
प्रदेशमा कांग्रेस नेतृत्वको सरकार बने जनताले महसुस गर्ने काम गर्छौँ : नेता पाण्डे
प्रदेशमा कांग्रेस नेतृत्वको सरकार बने जनताले महसुस गर्ने काम गर्छौँ : नेता पाण्डे
बालाजुबाट १० किलो सुन सहित एक जना पक्राउ
बालाजुबाट १० किलो सुन सहित एक जना पक्राउ
काठमाडौं जिल्ला प्रशासनले भन्योः राष्ट्रसेवकलाई कर्तव्य पालनामा अवरोध नपु-याउनु
काठमाडौं जिल्ला प्रशासनले भन्योः राष्ट्रसेवकलाई कर्तव्य पालनामा अवरोध नपु-याउनु
अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डलगायतका विदेशी मुद्राको मूल्य बढ्यो
अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डलगायतका विदेशी मुद्राको मूल्य बढ्यो
राजविराज कारगारमा एक कैदीको मृत्यु
राजविराज कारगारमा एक कैदीको मृत्यु
१९ वर्षे तन्नेरीकी ७२ वर्षे बेहुली,पहिलो सेक्सका बारेमा  यस्तो रह्यो पहिलो अनुभव !
१९ वर्षे तन्नेरीकी ७२ वर्षे बेहुली,पहिलो सेक्सका बारेमा यस्तो रह्यो पहिलो अनुभव !
सरकारले डा. केसीसँग वार्ता गर्दैन : खगराज अधिकारी
सरकारले डा. केसीसँग वार्ता गर्दैन : खगराज अधिकारी
आज पनि तोलामा पाँच सयले घट्यो सुनको मूल्य
आज पनि तोलामा पाँच सयले घट्यो सुनको मूल्य
चितवन-३ मा सोविता गौतमको कीर्तिमानी विजय: ३८ हजार बढी मतान्तरसहित रेनु दाहाल पराजित, पुराना दलको जमानत जफत
चितवन-३ मा सोविता गौतमको कीर्तिमानी विजय: ३८ हजार बढी मतान्तरसहित रेनु दाहाल पराजित, पुराना दलको जमानत जफत

तपाईंले छुटाउनुभयो कि?