कजाखस्तानमा यात्रुवाहक विमान उडेको केही बेरमै ’घरमा गएर जोतियो’

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष ११, २०७६
|
|
२२ पटक हेरिएको
Shares
कजाखस्तानमा यात्रुवाहक विमान उडेको केही बेरमै ’घरमा गएर जोतियो’

सारांश

  • बीबीसी।
  • कजाखस्तानमा एउटा यात्रुवाहक विमान दुर्घटनाग्रस्त हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।
  • उनीहरूका अनुसार बेक एअरको उक्त विमान शुक्रवार बिहान अल्माटी विमानस्थलबाट उडेको केही बेरमै तल खसेको थियो।

बीबीसी। कजाखस्तानमा एउटा यात्रुवाहक विमान दुर्घटनाग्रस्त हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

उनीहरूका अनुसार बेक एअरको उक्त विमान शुक्रवार बिहान अल्माटी विमानस्थलबाट उडेको केही बेरमै तल खसेको थियो।

दुर्घटनापछि विमानमा आगोको लागेन। विमानस्थलका अनुसार धेरै यात्रुहरू जीवितै फेला परेका थिए।

कम्तीमा ६० जना मानिसहरूलाई जीवितै उद्धार गरी अस्पताल लगिएको छ। तिनमध्ये बालबालिका पनि छन्।

उडान नम्बर श्ढद्दज्ञण्ण् भएको उक्त विमान देशको सबैभन्दा ठूलो सहर अल्माटीबाट राजधानी नुरसुल्तानका लागि उडेको थियो।

अल्माटी विमानस्थलका अनुसार विमानमा ९३ जना यात्रु र पाँच चालक दलका सदस्य थिए।

विमान कङ्क्रिटको एउटा संरचनामा ठोकिएर एउटा दुईतले भवनमा जोतिएको बताइएको छ।

कम्तीमा नौ जनाको ज्यान गएको अधिकारीहरूले पुष्टि गरेका छन्।

उद्धारकर्मीहरू दुर्घटनास्थलमा पुगेको भिडिओ सार्वजनिक भएको छ।

दुर्घटनाको कारण पत्ता लगाउन एउटा छानबिन समिति गठन हुने बताइएको छ।

घटनास्थलनजिकै रहेका रोएटर्स समाचारसंस्थाका एक संवाददाताले उक्त क्षेत्रमा बाक्लो कुहिरो लागेको थियो।

आपत्कालीन सेवाका कर्मचारीहरूलाई दुर्घटनास्थलमा उद्धार गरेका थिए।

विमानस्थलले जीवितै उद्धार गरी अस्पताल लगिएका ६० जनाको नाम प्रकाशित गरेको छ।

भीआईपी उडान गर्ने उद्देश्यसहित सन् १९९९ मा स्थापित भएको उक्त कम्पनीले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ। अहिले उक्त कम्पनी आफूलाई सस्तो विमानसेवाका रूपमा चिनाउँछ।

ऊसँग सातवटा फोकर(१०० विमान छन्।

सन् २०१३ मा पनि अल्माटीमा विमान दुर्घटना हुँदा २० जनाको मृत्यु भएको थियो।

त्यसको एक महिनाअघि देशको दक्षिणी भेगमा एउटा सैन्य विमान दुर्घटनाग्रस्त हुँदा २७ जनाको मृत्यु भएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाम गठबन्धनको बहुमतपछि मोदीले ओलीलाई के भन्लान् ?
बाम गठबन्धनको बहुमतपछि मोदीले ओलीलाई के भन्लान् ?
भागरथीको बलात्कारपछि हत्या गर्ने पक्राउ, भोली सार्वजनिक गर्ने तयारीमा प्रहरी
भागरथीको बलात्कारपछि हत्या गर्ने पक्राउ, भोली सार्वजनिक गर्ने तयारीमा प्रहरी
गाउँपालिकामा आगजनी
गाउँपालिकामा आगजनी
महावचिरालङकन थाइल्याण्डका नयाँ राजा घोषित…
महावचिरालङकन थाइल्याण्डका नयाँ राजा घोषित…
प्रधानन्यायाधीशको नागरिकताको प्रतिलिपी माग्दै केसीले गरे तनहुँमा निवेदन दर्ता
प्रधानन्यायाधीशको नागरिकताको प्रतिलिपी माग्दै केसीले गरे तनहुँमा निवेदन दर्ता
नेकपाको भातृ संगठनसहितको एकीकरण जेठ ३ मा घोषणा गर्ने तयारी
नेकपाको भातृ संगठनसहितको एकीकरण जेठ ३ मा घोषणा गर्ने तयारी
सुरेन्द्र पाण्डेमाथि भएको अभद्र व्यवहार दुःखद्, अराजकता रोक्न नेतृत्वलाई आग्रह छ : पोखरेल
सुरेन्द्र पाण्डेमाथि भएको अभद्र व्यवहार दुःखद्, अराजकता रोक्न नेतृत्वलाई आग्रह छ : पोखरेल
निर्वाचनमा अनपेक्षित हार व्यहोरेको माओवादी केन्द्रले बोलायो विस्तारित बैठक
निर्वाचनमा अनपेक्षित हार व्यहोरेको माओवादी केन्द्रले बोलायो विस्तारित बैठक
तपाइँलाई थाहा छ, महिलाले लगाउने शर्टको बटन किन सधैं बायाँतर्फ हुन्छ?
तपाइँलाई थाहा छ, महिलाले लगाउने शर्टको बटन किन सधैं बायाँतर्फ हुन्छ?
एमाले सचिवालय बैठकद्वारा एजेण्डा तय
एमाले सचिवालय बैठकद्वारा एजेण्डा तय

तपाईंले छुटाउनुभयो कि?