डा गोविन्द केसी चन्दननाथमा अनशन बस्ने
सारांश
- जुम्ला, १६ असार।
- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशन बस्ने जुम्ला पुगेका डा गोविन्द केसीलाई प्रहरी लगाएर प्रतिष्ठानमा जान रोकिएको छ।
- स्वास्थ्य विज्ञान प्रतिष्ठान जान हिडेका केसीलाई प्रहरीले बीच बाटैमा रोकेकाथिए।
जुम्ला, १६ असार। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशन बस्ने जुम्ला पुगेका डा गोविन्द केसीलाई प्रहरी लगाएर प्रतिष्ठानमा जान रोकिएको छ।
स्वास्थ्य विज्ञान प्रतिष्ठान जान हिडेका केसीलाई प्रहरीले बीच बाटैमा रोकेकाथिए। सदरमुकामको जिल्ला प्रसासन कार्यालयदेखि प्रतिष्ठान आसपासको इलाकालाई स्थानिय प्रसासनले निषेधित क्षेत्र घोषणा गरेकाले केसीलाई उक्त स्थान भित्र अनसन बस्न नदिने भएकाे हाे।
सरकारको निषेधाज्ञाको अवज्ञा गर्दै केसी त्यहाँ जान खोजेपछि उनलाई बीचैमा रोक्न प्रहरी परिचालन गरिएको थियो। काठमाडौंमा पनि निषेधित क्षेत्रको अवज्ञा गर्दै केसीले माइतिघर मण्डलामा आफू रैती नभइ सार्वभौम नागरिक भएको बताएका थिए।
प्रहरीले रोके पछि उनले जुम्लाकै प्रसिद्ध मन्दिर चन्दननाथमा बसेर अनशन शुरु गर्ने भएका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको विकास लगायतका विषय उठान गर्दै केसीले अनशन शुरु गर्ने तयारी गरेका छन्।
केसीले संसद्मा छलफलका क्रममा रहेको चिकित्सा शिक्षा विधेयक जनमैत्री र सर्वसुलभ भएको भन्दै डा गोविन्द केसीको नेतृत्वमा रहेका नागरिक अभियन्ताले त्यसलाई संशोधन नगर्न माग गरेका छन् ।
Narendra Tandan
किन दिन्छन। अनशन बसे जनता को राम्रो माँग छन पूरा गर्नु परो।पूरा गर्दा एमाले नेता हरुको लगानी लगाएर गरिएको लगानी दुबच्छ।त्यसै ले हो।।।
Durga Kunwar
World record banaune bhayo budha le t kaso
Bhim Rokaya
Basn diuparyo