ब्राजिलमा एउटा यात्रुबाहक विमान दुर्घटना, ६१ जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण २६, २०८१
|
|
२६ पटक हेरिएको
Shares
ब्राजिलमा एउटा यात्रुबाहक विमान दुर्घटना, ६१ जनाको मृत्यु

सारांश

  • काठमाडौं।
  • ब्राजिलको साओ पाउलो राज्यमा एउटा विमान दुर्घटनामा परेको छ।
  • दुर्घटनामा विमानमा सवार ५७ यात्रु र ४ चालक दलका सदस्य सहित ६१ जनाकै मृत्यु भएको स्थानीय अधिकारीहरुले बताएका छन्।

काठमाडौं। ब्राजिलको साओ पाउलो राज्यमा एउटा विमान दुर्घटनामा परेको छ। दुर्घटनामा विमानमा सवार ५७ यात्रु र ४ चालक दलका सदस्य सहित ६१ जनाकै मृत्यु भएको स्थानीय अधिकारीहरुले बताएका छन्।

दुई वटा इन्जिन भएको एटीआर ७२-५०० टर्बोप्रप विमान दक्षिणी राज्य परानाको कास्केभेलबाट साओ पाउलो शहरको ग्वारुल्होस विमानस्थलका लागि उडिरहेको थियो। विमान अवतरणअघि नै भिन्हेडो शहरमा खसेको भोपास एयरलाइन्सले जनाएको छ।

सामाजिक संजालमा सार्वजनिक भएको भिडियोमा विमान सिधै ठाडो रुपमा तल खसेको देखिन्छ। साथै खस्दै जाँदा घुमिरहेको पनि देखिन्छ।

दुर्घटनामा ज्यान गुमाउनेका परिवार र आफन्तलाई ब्राजिलका राष्ट्रपति लुइस इनासियो लुलाले दुःख व्यक्त गरेका छन्। साओ पाउलो राज्यका गभर्नरले तीन दिने शोकको घोषणा गरेका छन्।

दुर्घटनाग्रस्त विमानको फ्लाइट डाटा रेकर्डर प्राप्त भएकाले दुर्घटनाको अनुसन्धानका लागि सहयोग पुग्ने अधिकारीहरुले बताएका छन्। दुर्घटनाग्रस्त विमान आवासीय क्षेत्रमा खसे पनि जमिनमा कुनै मानवीय क्षति भएन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?