सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ २६, २०७५
|
|
३४ पटक हेरिएको
Shares
सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु

सारांश

  • उदयपुर, २६ असार ।
  • पूर्वको झापाका गएराति भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।
  • झापाको बाह्रदशी गाउँपालिका–६ को भित्री सडकमा मे १ प २९४३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक ४० वर्षीय सेनकुवा राजवंशीको मृत्यु भएको छ ।

उदयपुर, २६ असार । पूर्वको झापाका गएराति भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । झापाको बाह्रदशी गाउँपालिका–६ को भित्री सडकमा मे १ प २९४३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक ४० वर्षीय सेनकुवा राजवंशीको मृत्यु भएको छ ।

दक्षिण तर्फबाट उत्तरतर्फ जाँदै गरेको मोटरसाइकलले कुकुरलाई जोगाउन खोज्दा राती भएको दुर्घटनामा टाउकोमा गम्भीर चोट लागेको थियो । उपचारका लागि बिएनबी अस्पताल लाँदै गर्दा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय घैलाडुब्बाले जनाएको छ ।

त्यसैगरी झापाको शिवसतासी नगरपालिका–८ झिलझिलेमा मे ५ प ६८०९ नम्बरको मोटरसाइकलले ठक्करदिदा भारत बिरपुर घर भई ग्यारेजमा मिस्त्री काम गर्ने १९ वर्षीय मोहमद सहनीको मृत्यु भएको छ ।

सहनीलाई राती ९ बजे बाटो काट्ने क्रममा मोटरसाइकलले ठक्कर दिएको थियो । मोटरसाईकलको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्री सहनीको उपचारका क्रममा विएनसी अस्पताल विर्तामोडमा मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । ठक्कर दिने मोटरसाइकलका र त्यसका चालकलाई झिलझिले प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?