अल्मेरियामाथि रियल म्याड्रिडको संघर्षपूर्ण जित

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ ८, २०८०
|
|
२० पटक हेरिएको
Shares
अल्मेरियामाथि रियल म्याड्रिडको संघर्षपूर्ण जित

सारांश

  • काठमाडौं।
  • स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले अल्मेरियामाथि संघर्षपूर्ण जित हासिल गरेको छ।
  • गएराति सम्पन्न खेलमा रियल म्याड्रिडले अल्मेरियालाई ३-२ गोल अन्तरले पराजित गरेको हो।

काठमाडौं। स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले अल्मेरियामाथि संघर्षपूर्ण जित हासिल गरेको छ। गएराति सम्पन्न खेलमा रियल म्याड्रिडले अल्मेरियालाई ३-२ गोल अन्तरले पराजित गरेको हो।

रियल म्याड्रिडको जितमा खेलको ९९औ मिनेटमा डानी कार्भाजलले निर्णायक गोल गरेका थिए। यस अघि रियलले २-० ले पछि परेको अवस्थामा खेलमा कम ब्याक गरेको थियो। रियलका लागि जुडे बेलिङघम र भिनिसियस जुनियरले एक एक गोल गरेका थिए।

त्यस्तै अल्मेरियाले खेलको पहिलो हाफमा २ गोल गरेर रियल म्याड्रिडमाथि दबाब बनाएको थियो। अल्मेरियाका लागि लार्गी रमाजानी र् एडगर गोन्जालेजले एक एक गोल गरेका थिए।

यो जितपछि रियल म्याड्रिडको २० खेलमा ५१ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । एक खेल बढी खेलेको गिरोना ५२ अंकसहित शिर्ष स्थानमा रहेको छ।

 

त्यसैगरी अल्मेरिया भने २१ खेलमा केवल ६ अंकसहित अंक तालिकामा पुछारमा रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?