कञ्चनपुरमा फेरि अर्काे हत्या, स्कुलबाट हराएका १३ वर्षीय बालकको शव खोलामा भेटियो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र ३०, २०७४
|
|
२९ पटक हेरिएको
Shares
कञ्चनपुरमा फेरि अर्काे हत्या, स्कुलबाट हराएका १३ वर्षीय बालकको शव खोलामा भेटियो

सारांश

  • कञ्चनपुर ।
  •  चार दिनअघि स्कुलबाटै हराएका कञ्चनपुरको भीमदत्तनगरपालिका–७, हल्दुखालका १३ वर्षीय विद्यार्थी तिलक चन्द बुधबार राति हत्या गरिएको अवस्थामा फेला परेका छन् ।
  • स्थानीय महाकाली जनसेवा माविमा कक्षा ८ मा अध्ययनरत चन्द गत आइतबार विद्यालयबाटै हराएका थिए ।

कञ्चनपुर । चार दिनअघि स्कुलबाटै हराएका कञ्चनपुरको भीमदत्तनगरपालिका–७, हल्दुखालका १३ वर्षीय विद्यार्थी तिलक चन्द बुधबार राति हत्या गरिएको अवस्थामा फेला परेका छन् ।

स्थानीय महाकाली जनसेवा माविमा कक्षा ८ मा अध्ययनरत चन्द गत आइतबार विद्यालयबाटै हराएका थिए । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले चन्दको हत्या गरिएको अवस्थामा शव फेला परेको बताउनुभयो ।
उहाँका अनुसार चन्दको शव हल्दुखालकै स्थानीय खोलाको छेउमा फालिएको अवस्थामा भेटिएको हो । विद्यालयको टिफिन टाइममा हराएका चन्दलाई सोही दिनदेखि प्रहरी, विद्यालय प्रशासन र स्थानीयले खोजी गरिरहेका थिए ।

विद्यार्थीको शव भेटिएपछि आज बिहानदेखि प्रहरीले घटनास्थल विवरण संकलनदेखि हत्याराको खोजीमा विशेष अपरेशन थालेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा बाम गठबन्धनका तामाङ ले  पशुपति शमशेरलाई हराए !
सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा बाम गठबन्धनका तामाङ ले पशुपति शमशेरलाई हराए !
गभर्नर अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी।
गभर्नर अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी।
थाइल्याण्डले समेत कडाई गर्यो नेपालीलाई भिषा दिन
थाइल्याण्डले समेत कडाई गर्यो नेपालीलाई भिषा दिन
राजपालाई ठूलो धक्काः केन्द्रीय सदस्यसहित ६ सयबढी माओवादीमा प्रवेश
राजपालाई ठूलो धक्काः केन्द्रीय सदस्यसहित ६ सयबढी माओवादीमा प्रवेश
नेपाल आइडलका प्रतिस्प्रधी निशानको आह्वान…..
नेपाल आइडलका प्रतिस्प्रधी निशानको आह्वान…..
पर्यटन प्रवद्र्धनका लागि लुुम्बिनी भ्रमण वर्ष
पर्यटन प्रवद्र्धनका लागि लुुम्बिनी भ्रमण वर्ष
हेलिकप्टर कम्पनीका कारण लुक्लामा अलपत्र परेका १५ जना भारतियहरुले स्वराजलाई गुहारेपछि…
हेलिकप्टर कम्पनीका कारण लुक्लामा अलपत्र परेका १५ जना भारतियहरुले स्वराजलाई गुहारेपछि…
महिला अधिकारका लागि लड्ने पार्टी एमाले : अध्यक्ष ओली
महिला अधिकारका लागि लड्ने पार्टी एमाले : अध्यक्ष ओली
९५ प्रतिशत सांसद पहिलो पटक संसदीय अनुभव बटुल्दै
९५ प्रतिशत सांसद पहिलो पटक संसदीय अनुभव बटुल्दै
संयुक्त कार्यदललाई अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डको दिशानिर्देश
संयुक्त कार्यदललाई अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डको दिशानिर्देश

तपाईंले छुटाउनुभयो कि?