समृद्धिको सपना पूरा गर्न सत्तापक्ष र प्रतिपक्ष मिल्नुपर्छ : सिंह

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख ६, २०७५
|
|
२६ पटक हेरिएको
Shares
समृद्धिको सपना पूरा गर्न सत्तापक्ष र प्रतिपक्ष मिल्नुपर्छ : सिंह

सारांश

  • काठमाडौं, वैशाख ६ ।
  • नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको समृद्धिको चाहना पूरा गर्न सत्तापक्ष र प्रतिपक्ष मिलेर अगाडि बढ्नुको विकल्प नभएको विश्वास दिलाएका छन् ।
  • नेपाल विद्यार्थी संघको ४९औं स्थापना दिवसका अवसरमा बिहीबार काठमाडौंमा भएको एक कार्यक्रममा उनले देशलाई आर्थिकरुपमा समृद्ध बनाउने जिम्मेवारी सरकारमा रहेको भएपनि प्रतिपक्षको भूमिका पनि महत्वपूर्ण हुने बताए ।

काठमाडौं, वैशाख ६ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको समृद्धिको चाहना पूरा गर्न सत्तापक्ष र प्रतिपक्ष मिलेर अगाडि बढ्नुको विकल्प नभएको विश्वास दिलाएका छन् ।

नेपाल विद्यार्थी संघको ४९औं स्थापना दिवसका अवसरमा बिहीबार काठमाडौंमा भएको एक कार्यक्रममा उनले देशलाई आर्थिकरुपमा समृद्ध बनाउने जिम्मेवारी सरकारमा रहेको भएपनि प्रतिपक्षको भूमिका पनि महत्वपूर्ण हुने बताए ।

उनले आर्थिक समृद्धिको चाहना पूरा गर्न नेपाली कांग्रेस अगाडि बढिसकेको बताए । सरकारमा जानु कुनै नौलो कुरा नभएको भन्दै नेता सिंहले राजनीतिक उपलब्धि संस्थागत गर्न सबै दल मिलेर जानुपर्ने धारणा राखे ।

कांग्रेसको नेतृत्व कमजोर हुँदा सिंगो पार्टी कमजोर भएको भन्दै उनले नेतृत्व परिवर्तनपछि कांग्रेसले गति लिने दावी गरे ।

कार्यक्रममा नेता डा. शेखर कोइरालाले कांग्रेसभित्र आमूल परिवर्तनको खाँचो रहेको औंल्याए । कांग्रेसलेमात्र मुलकलाई अगाडि बढाउनसक्ने भन्दै उनले आगामी सरकार कांग्रेसको हुने दावीसमेत गरे ।

नेता कोइरालाले पार्टीलाई सही बाटोमा हिँडाउन नेपाल विद्यार्थी संघले सशक्त भूमिका खेल्नुपर्ने बताए ।

कार्यक्रममा विद्यार्थी संघका नेताहरुले भने सरकारले विद्यार्थीको मागलाई बेवास्ता गरेको भन्दै विद्यार्थी शक्तिलाई कम नआँक्न चुनौती दिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?